सङ्खुवासभा / सङ्खुवासभाको चैनपुर नगरपालिका -५ मा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पेमा ओङ्दि शेर्पाका एक वर्षीय छोरा निमा साङ्गे शेर्पा रहेका छन् ।  शेर्पालाई सोमबार जुठेल्नामा खोले पकाउन राखिएको फोसी भाडामा रहेको पानीमा डुबी मृत अवस्थामा फेला पारेको थिए ।

OM Sai Pathibhara Hospital

इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।