बिर्तामोड / विराटनगरमा स्रोत नखुलेको भारतीय रुपैयाँसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार दिउँसो विराटनगर महानगरपालिका-१५ रानी सीमाबाट स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित चार जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सुनसरी बर्जुगाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव , उनकी श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव , भारत सहरसा मानगढका २९ वर्षीय विसुनदेव मुखिया र २७ वर्षीय अविनाश मुखिया रहेका छन् भने चारजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।