काठमाडौं / प्रहरीले भन्सार छलेर ल्याएको २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडा सहित काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौँ महानगरपालिका-१८ बस्ने ३८ वर्षीय सन्दीप कुमार रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
उक्त कपडा अग्रवालले काठमाडौं महानगरपालिका-२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्ट पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।