काठमाडौं / गैरकानुनी रूपले अमेरिका प्रवेश गर्ने दश नेपालीलाई अमेरिकन सरकारले नेपाल पठाएको छ । अवैध रूपले अमेरिका प्रवेश गरेको भन्दै अमेरिकी अध्यागमन विभागले विमान चार्टर गरी उनीहरूलाई नेपाल फर्काएको हो ।
अध्यागमनले नेपाल फर्काउनेहरुमा राजु पौडेल, प्रविण बस्नेत, पेम्बा लामा, ध्रुव कुमार शंकर विष्ट मगर छिरिङ शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउले र बिराज केसी रहेका छन् ।
अमेरिकामा लुकीछिपि बस्दै आएका उनीहरूसँग नेपाली राहदानीसमेत नभएको र भविष्यमा अमेरिका प्रवेश गर्न नपाउने गरी अध्यागमनले डिपोट गरेको जनाइएको छ ।