बिर्तामोड / मोरङको रतुवामाई नगरपालिका- ९ भौडा चोकबाट लागूऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका-९ का २० वर्षीय विवेक घिमिरे रहेका छन् । मे ११ प ९९२४ नम्बरको मोटरसाइकलमा आमबारीबाट उर्लाबारी तर्फ जाँदै गरेको घिमिरेलाई प्रहरी चौकी इटहराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजको साथबाट लागूऔषध नाईट्राभेट २१० ट्याब्लेट र ७ बोतल कोरेक्स बरामद गरेको हो । लागूऔषध सहित पक्राउ परेका घिमिरेको सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / सुनसरीको रामधुनि-५ झुम्काको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने, १ जना घाईते भएका छन् । मृत्यु हुनेमा झुम्का-३ का २८ वर्षीय अर्जुन ऋषिदेव रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो पौने १२ बजे पश्चिमबाट पूर्व तर्फ आँउदै गरेको को २ त ८८१८ नम्बरको ट्याक्टरमा सवार झुम्का-३ का २८ वर्षीय ऋषिदेव र सोही स्थानका २७ वर्षीय जितेन सरदार गुडिरहेको ट्रयाक्टरबाट लडेर घाईते भएका थिए । उपचारको लागि ऋषिदेवलाई विराट टिचिङ अस्पताल विराटनगर तथा सरदारलाई स्थानीय मेडिकलमा लगिएको थियो । ट्याक्टरबाट लडी घाईते भएका ऋषिदेवको उपचारको क्रममा सोही अस्पतालमा बुधबार बिहान
बिर्तामोड / हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।राति प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल
झापा / सर्वोच्च अदालतले जनप्रतिनिधिले राजिनामा दिएर मात्र उम्मेद्वार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्ध परेको रिट खारेज गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधान विरुद्ध दायर गरेको रिटको सर्वोच्च अदालतले खारेज गरेको हो । मंगलबार न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
बिर्तामोड / झापाको भद्रपुर नगरपालिका-७ मा माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय संजय उराव रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो १ बजे देउनिया खोलामा माछा मार्ने क्रममा उनको डुबेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड / उपचारको क्रममा रहेको अवस्थामा वीर अस्पतालबाट फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । उनी वीर अस्पतालबाट चैत २९ फरार भएका थिए । उनलाई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका १२ राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ३ का ४५ वर्षीय राजेश तिरुवालाई प्रहरीले पक्राउ गरि केन्द्रीय कारागार जगन्नाथ देवलको थुनामा राखिएको थियो ।
झापा / उदयपुरमा १५ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका-७ घर भएका २० वर्षीय कमल मगर रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ती किशोरीलाई सुनकोशी गाउँपालिका-९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको मौन अवधिमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ । निर्वाचन भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आयोगले मौन अवधिमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । थपलियाले आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोगमा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।आमसञ्चारमाध्यमको खबरदारी र सञ्चारकर्मीको निष्ठाका कारण मुलुक स्थानीय तह निर्वाचनको प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै उनले पत्रकार आचारसंहिता र
झापा / पाँचथरको कुम्मायक गाउँपालिका-५ लुम्वुघाट तमोर नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका बेलका नगरपालिका-६ उदयपुरका ३० वर्षीय हरि राई मृत अवस्थामा फेला परेका छन । गत बैशाख २ गते दिउँसो साथीहरूसँग रवरको ट्युवमा पौडी खेल्ने क्रममा तमोर नदीमा डुबी बेपत्ता भएका राईको खोज तलासको क्रममा हिजो बेलुका ५ बजे धनकुटाको चौबिसे गाउँपालिका-७ स्थित तमोर नदीको किनारमा मृत अवस्थामा लाश फेला परेको हो । मृतक राई स्वच्छन्द निर्माण सेवा प्रा.लि.ले निर्माण गर्दै गरेको कुम्मायक-५ लुम्वुघाट स्थित तमोर नदीमा पाँचथर-तेह्थुम जोड्ने निर्माणाधीन पुलका कामदार हुन । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँ
बिर्तामोड / मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट वृद्धको मृत्यु छ । मृत्यु हुनेमा लेटाङ-५ का ८१ वर्षीय मान बहादुर राई रहेको प्रहरीले जनाएको छ । हिजो बिहान साढे ७ बजेको समयमा प्रदेश १-०२-००३ त ८२० नम्बरको ट्रयाक्टरले राईलाई ठक्कर दिएको थियो । ट्रयाक्टरको ठक्करबाट घाईते भएका राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालक मिक्लाजुङ-५ मोरङका महेश कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.