बिर्तामोड / हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ
दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।