झापा / सर्वोच्च अदालतले जनप्रतिनिधिले राजिनामा दिएर मात्र उम्मेद्वार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्ध परेको रिट खारेज गरेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधान विरुद्ध दायर गरेको रिटको सर्वोच्च अदालतले खारेज गरेको हो ।
मंगलबार न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।