बिर्तामोड / मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट वृद्धको मृत्यु छ । मृत्यु हुनेमा लेटाङ-५ का ८१ वर्षीय मान बहादुर राई रहेको प्रहरीले जनाएको छ । हिजो बिहान साढे ७ बजेको समयमा प्रदेश १-०२-००३ त ८२० नम्बरको ट्रयाक्टरले राईलाई ठक्कर दिएको थियो ।
ट्रयाक्टरको ठक्करबाट घाईते भएका राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालक मिक्लाजुङ-५ मोरङका महेश कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।