झापा / पाँचथरको कुम्मायक गाउँपालिका-५ लुम्वुघाट तमोर नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका बेलका नगरपालिका-६ उदयपुरका ३० वर्षीय हरि राई मृत अवस्थामा फेला परेका छन । गत बैशाख २ गते दिउँसो साथीहरूसँग रवरको ट्युवमा पौडी खेल्ने क्रममा तमोर नदीमा डुबी बेपत्ता भएका राईको खोज तलासको क्रममा हिजो बेलुका ५ बजे धनकुटाको चौबिसे गाउँपालिका-७ स्थित तमोर नदीको किनारमा मृत अवस्थामा लाश फेला परेको हो ।

मृतक राई स्वच्छन्द निर्माण सेवा प्रा.लि.ले निर्माण गर्दै गरेको कुम्मायक-५ लुम्वुघाट स्थित तमोर नदीमा पाँचथर-तेह्थुम जोड्ने निर्माणाधीन पुलका कामदार हुन ।  घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।