समाचार

    Showing 21,981-21,990 of 26,001 items.
  • इन्धनको मूल्यवृद्धिको विरुद्धमा विराटनगरमा प्रदर्शन

    विराटनगर / पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै यातायात व्यावसायीहरूले विराटनगरमा  प्रदर्शन गरेका छन् । मूल्यवृद्धिको विरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायात सञ्चालकले कोशी राजमार्गको विराटनगरको राजवंशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ । यसैगरी, डिजेल र मट्टितेलको मूल्य २७ रुपैयाँले बढेर प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।हवाई इन्धनको मूल्य आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि भएर प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डल

    • प्रकाशित मितिः असार ६, २०७९
    • 71 पटक पढिएको
  • सशस्त्र प्रहरीका ३७ डिएसपीको बढुवा सिफारिस (नामावलीसहित)

    काठमाडौँ / सशस्त्र प्रहरीका ३७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिको बैठकले ५ असारमा गरेको निर्णय अनुसार ३७ जना डिएसपीलाई  एसपीमा बढुवाको लागि गृहमन्त्रालय समक्ष सिफारिस गरेको हो। ज्येष्ठताक्रमको पहिलो नम्बरमा टोपबहादुर डाँगी बढुवा सिफारिसमा परेका छन् । त्यसपछि क्रमशः हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल, उद्धव बहादुर रावल, शिवप्रसाद गैह्रे लगायत छन् ।त्यसैगरी लकेश कुमार तुम्बाहाम्फे, डम्बरबहादुर विष्ट, दलबहादु

    • प्रकाशित मितिः असार ६, २०७९
    • 60 पटक पढिएको
  • खोलमा आएको बाढीले अटो बगाउँदा एकको मृत्यु ,एक घाइते

    बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका- १ को बाघ खोलाले अटो बगाउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटोमा सवार बराहक्षेत्र नगरपालिका- १ की १७ वर्षीया स्टिफिना राई रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ पौने ८ बजेको समयमा चतराबाट धरान तर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई अचानक बाघखोलाले बगाउँदा चालक धरान- १७ का २२ वर्षीय राजु राई बेपत्ता भएका थिए ।अटोलाई खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै तत्काल इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चालकलाई सामान्य घाईते अवस्थामा उद्धार गरेको तथा स्टिफिना राईलाई मृत अवस्थामा फेला पारेको थियो ।

    • प्रकाशित मितिः असार ६, २०७९
    • 66 पटक पढिएको
  • रतुवा खोलामा आएको बाढीका कारण १३ परिवार विस्थापित, २५ घर डुबान

    बिर्तामोड / केही दिनदेखि परेको अविरल वर्षाका कारण रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित भएका छन् । गएराति १०ः०० बजे रतुवा खोलामा आएको बाढीले दमक नगरपालिका –७ स्थित खोला किनार नजिक रहेको बस्तीमा कटान गरेको हो ।कटानमा परी दमक –७ का गोमा तामाङ, दीपक गुरुङ, मनोज मास्के, खड्ग लिम्बू, सुवास लिम्बू, विष्णु लिम्बू , रामकुमारी लावती, सूर्यमान आचार्य, विमल किस्कू, राजेश किस्कू, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र भारती तामाङको परिवार विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालयका झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार उनीहरूको घरमा बाढीले क्षति पुर्याएकोले नेपाल प्रहरी र स्थानीयको

    • प्रकाशित मितिः असार ६, २०७९
    • 70 पटक पढिएको
  • इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा चक्काजाम

    विराटनगर / नेपाल आयल निगमले इन्धनमा गरेको मूल्यवृद्धि विरुद्ध विराटनगरमा म्याजिक भेन चालकले चक्काजाम गरेका छन् ।पेट्रोल, डिजेललगायत इन्धनमा गरेको चर्को मूल्य वृद्धि विरुद्ध सोमबार बिहान कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवंशी चोकमा सवारी साधन रोकेर यातायात अवरुद्ध पारेका हुन् ।सवारी चालकहरूले बढेको मूल्य फिर्ता हुनुपर्ने माग राख्दै यातायात अवरोध गरेपछि विद्यालय बस र एम्बुलेन्स समेत सडकमै रोकिन पुगेका छन् । सर्वसाधारणलाई बढेको मूल्यमा यात्रा गराउन नसक्ने बताउँदै यातायात क्षेत्रको समेत भाडा वृद्धि गर्नुपर्ने माग गरिएको छ ।आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्र

    • प्रकाशित मितिः असार ६, २०७९
    • 63 पटक पढिएको
  • किर्ते कागजात बनाएर जग्गा बिक्री गर्ने गिरोह पक्राउ

    काठमाडौँ  / जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा सात करोड रुपैयाँ मूल्य पर्ने जग्गा किर्ते गरी बिक्री गर्ने गिरोह पक्राउ परेको छ। पक्राउ पर्नेमा दार्चुलाको साविक उकु गाविस –६ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका– बस्ने वर्ष ५६ को महावीर चन्द (नक्कली तारानिधी लोहनी),  सिन्धुपाल्चोकको थकनी गाविस –३, हाल मेलम्ची नगरपालिका–४ घर भई हाल ललितपुर सुनाकोटी बस्ने वर्ष ४१ को गणेश बहादुर खनाल,  सोलुखुम्बुको साविक नेले गाविस –४ हाल परिवर्तित थुलुङ दूधकोशी गाउँपालिका–१ घर भइ बूढानीलकण्ठ –२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्की,  नुवाकोट

    • प्रकाशित मितिः असार ५, २०७९
    • 175 पटक पढिएको
  • बिनोद ओझा ज्येष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    बिर्तामोड / इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा ज्येष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । इटहरी -४ गोपाल टोलमा अवैध हात हतियार देखाई स्थानियवासीहरुलाई धाकधम्की दिदै त्रसित बनाई रहेको अवस्थामा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई घटनास्थलबाटै अवैध हातहतियार तथा प्रतिबन्धित लागूऔषध सहित पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका ओझालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले ज्येष्ठ महिनाको “महिनाको सर्वोत्कृष्ट प्रहरी”  घोषणा गरेको हो ।पुरस्कृत भएका ओझाले विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर

    • प्रकाशित मितिः असार ५, २०७९
    • 64 पटक पढिएको
  • नेपाल स्काउटको ७१ औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं / नेपाल स्काउटले ७१ औं  स्थापना दिवस आइतबार सम्पन्न गरेको छ । नेपाल स्काउटको राष्ट्रिय कार्यलयमा एक कार्यक्रम आयोजित कार्यक्रमका देशभरबाट प्रतिनिधित्व गर्दै विभिन्न विद्यालयबाट स्काउटहरु सहभागी रहेका थिए ।   स्काउटले स्काउटको अभियानमा संलग्न स्काउटर तथा लिडरहरुलाई विभिन्न सम्मान र पदवी वितरण गरेको थियो । स्काउट राष्ट्रिय तदर्थ समितिका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पदवी वितरण गरेका थिए ।कार्यक्रममा स्काउटका विद्यार्थीहरूले मार्चपास र नृत्यका साथै विभिन्न प्रस्तुती दिएका थिए ।

    • प्रकाशित मितिः असार ५, २०७९
    • 65 पटक पढिएको
  • राष्ट्रियसभामा आठ वटा विधेयकका प्रतिवेदन पेश

    काठमाडौं / राष्ट्रियसभामा आठ वटा विधेयकहरूको प्रतिवेदनहरू पेश भएका छन् । विधायन व्यवस्थापन समितिले आज (आईतबार) राष्ट्रियसभा बैठकमा उक्त विधेयकहरू पेश गरेको हो ।समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ का प्रतिवेदनहरू पेश गरेको छ । विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सबै विधेयकहरूमा दफावार छलफल गरी तयार गरिएको प्रतिवेदनहरू रा

    • प्रकाशित मितिः असार ५, २०७९
    • 55 पटक पढिएको
  • दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईँको घोषणा

    बिर्तामोड / नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाइए पनि बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले सार्वजनिक रूपमै संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।दुबईबाट आएका ‘राजकुमार’ भनिएका जुमा अल मोक्तुम र आफूबीच दुबईमा बीएण्डसी टिचिङ दुबईको नाममा मेडिकल कलेज सञ्चालन गर्ने सम्झौता भएको प्रसाईँले बताएका छन् । उनले भने, ‘बीएण्डसी दुबई भनेर म त्यहाँ दुबई मेडिकल कले

    • प्रकाशित मितिः असार ५, २०७९
    • 115 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.