काठमाडौँ / सशस्त्र प्रहरीका ३७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । 

सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिको बैठकले ५ असारमा गरेको निर्णय अनुसार ३७ जना डिएसपीलाई  एसपीमा बढुवाको लागि गृहमन्त्रालय समक्ष सिफारिस गरेको हो। 

OM Sai Pathibhara Hospital

ज्येष्ठताक्रमको पहिलो नम्बरमा टोपबहादुर डाँगी बढुवा सिफारिसमा परेका छन् । त्यसपछि क्रमशः हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल, उद्धव बहादुर रावल, शिवप्रसाद गैह्रे लगायत छन् ।

त्यसैगरी लकेश कुमार तुम्बाहाम्फे, डम्बरबहादुर विष्ट, दलबहादुर पाण्डे, कविन्द्र राई, प्रमोदकुमार भारती, सुनिल कुमार शाही, चेतराज जोशी, सन्तोष विक्रम साह र पुरन चन्द्र भट्ट पनि एसपीमा बढुवाको लागि सिफारिस भएका छन्। 

बढुवामा चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिमित समक्ष उजुरी दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।