झापा / बारामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका- २२ चकरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । नाम नखुलाइएका ति युवकलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाइ फकाई जङ्गलमा लगेर बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड / सुनसरीको दुहबी ३ स्थित इनरुवा दुहबी सडक खण्डमा ट्रिपरको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश २-०३-००१ ख २१०१ नम्बरको ट्रिपरले साइकल यात्री भारत बिहार सिपोल घर भई दुहबी- २ मा डेरा गरी बस्दै आएकी ६० वर्षीया चन्द्रकला देवी विश्वकर्मालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटीगई ट्रिपर चालक मोरङ बेलबारी- ८ का ३२ वर्षीय उमेश सार्कीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ / काठमाडौँको बूढानीलकण्ठ नगरपालिका- ८ भंगालस्थित निर्माणाधीन घरमा एकजना महिला मृत फेला परेकी छन् । निर्माणको काम गर्ने ती महिला त्यही नगरपालिका- ३ मा बस्दै आएकी ४१ वर्षीया फूलमाया सुनार काठमाडौँ प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।बुधबार निर्माणाधीन घरको भुइँ तलामा मृत अवस्थामा फेला परेको एसपी मैनालीले बताए । उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताएका छन् ।
काठमाडौँ / सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै तेजाबी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।बिहीबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- १२ बखरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय सुनिता चौधरी माझी रहेको प्रहरीले जनाएको छ । बुधवार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भएकी माझीलाई तत्काल उपचारको लागी कोशी अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं / भारतीय सेनाका प्रमुख मनोज पाण्डे आगामी अगस्ट महिनामा नेपाल आउने भएका छन् ।नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेना प्रमुख पदबाट सम्मानित गर्ने उल्लेख गरेका छन् ।यस्तो उपाधि पाउने उनी भारतका २९ औँ सेना प्रमुख हुनेछन् । पाण्डे आउने मिति र भ्रमणको कार्यतालिका तय गर्ने काम भइरहेको बताइएको छ । सोमबार मात्र भारतका लागि नेपालका राजदूत डा. शङ्करप्रसाद शर्माले भारतीय सेना प्रमुखसँग छलफल गरेका थिए । सोमबार ट्वीट गर्दै उनले यसबारे जानकारी दिएका थिए ।
बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- १५ ज्यामिरगढी भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचिनगर- ९ का ४३ वर्षीय रमेश कटवाल रहेको प्रहरीले जनाएको छ । बुधवार बेलुका सवा ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको गरेको प्रदेश १-०१-००१ ह ८६०१ नम्बरको सिटिलाई सोही दिशा तर्फ जादै गरेको प्रदेश १-०१-००१ क ११४६ नम्बरको मिनिट्रकले पछाडिबाट ठक्कर दिँदा गम्भिर घाईते भएका कट्वाललाई उपचारका लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिए पश्चात मृत्यु भएको हो । दुर्घटना भएका दुवै सवारी साधनलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाए
काठमाडौँ /भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित आदर्श चोकमा ट्रिपर र मोटरसाइकल एक आपसमा ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको ट्रिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका उनीहरूको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
कास्की / पोखरा नजिकै आज बिहान भूकम्प गएको छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको लुम्ले–धम्पुस क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो । माछापुच्छ्रे गाउँपालिका –७ केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् ।
झापा / गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस गरेको छ । ८ असारमा बसेको बसेको बढुवा समितिको बैठकले १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहेका छन् । दोस्रो नम्बरमा प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई रहेका छन् ।अन्यमा क्रमश: अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी,
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.