काठमाडौँ / पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ८ सय ५ पिसिआर परीक्षणका क्रममा १ सय ४४ जना र १ हजार ३ सय २१ एन्टीजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ४१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ७ सय ६५ जना निको भएका छन् ।हाल नेपालमा ८ सय ७३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
झापा / भोजपुर १७ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अरुण गाउँपालिका- ६ जरायोटारका २३ वर्षीय सुजन राई रहेका छन् । पीडित बालिकालाई आरोपितले असार २५ गते यौन दुर्व्यवहार गरेको जनाइएको छ । आरोपितविरुद्ध पीडित पक्षले असार २६ गते दिएको उजुरीका आधार आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार राईले बताए ।
काठमाडौं / कस्तुरीको विना जस्तो देखिने वस्तु सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- २६ नयाँ बसपार्क बस्दै आएका जुम्ला सिंजा गाउँपालिका- ४ घर भएका ४९ वर्षीय नर बहादुर बूढा रहेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका- ३२ जडिबुटीस्थित बर्गर हवमा कस्तुरीको विना बेचबिखन तथा ओसारपसार गर्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नर बहादुरको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । सोमबार दिउँसो पक्राउ परेका उनीमाथि थप अनुसन्धानको लागि बन कार्यालयमा पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट अवैध रुपमा भारत तर्फ लादै गरेको सुपारी प्रहरीले बरामद गरेको छ । सोमवार राती जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले नेपालबाट भारत तर्फ लुकाई छिपाई लादै गरेको अवस्थामा २४५ किलोग्राम अन्दाजी १ लाख २२ हजार ५ सय मूल्य बराबरको सुपारी बरामद गरेको हो ।बरामद भएको उक्त सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।
काठमाडौं / माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता मात्र सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरूबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले भने, ‘असार मसान्तभित्र गर्ने भनेर तयारी थालेका थियौं । तर, उत्तरपुस्तिका सङ्कलनमा ढिला भएकाले नतिजा सार्वजनिक गर्न पनि ढिला हुने भयो । सम्भवत साउन पहिलो हप्ताभित्र सार्वजनिक गर्छौ रायमाझीले भने&n
काठमाडौँ / काठमाडौँमा ट्रिपरभित्रै किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ट्रिपरभित्र १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा दोलखा गौरीशङ्कर गाउँपालिका- ८ निवासी ३२ वर्षीय ज्ञानबहादुर नेपाली सोमबार पक्राउ परेका हुन् । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ नेपालीले यही असार २४ गते राति रोकी राखेको रा १ ख २७३४ नम्बरको ट्रिपरभित्र बलात्कार गरेको खुल्न आएको जानकारी दिए ।दोलखाबाट काठमाडौँ आएको उक्त ट्रिपरले गौशालाबाट ती किशोरीलाई ट्रिपरमा हालेर थानकोट ल्याएका थिए ।थानकोटस्थित प्रहरी वृत्तका प्रमुख डिल्लीनारायण पाण्डेको नेत
बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका- ६ मुनाल चोक बस्ने ४० वर्षीय आशिष दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय सविन तामाङ रहेको प्रहरीले जनाएको छ ।मादक पदार्थ सेवन (मापसे) गरी उनीहरूबीच झैँझगडा हुँदा सविनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । घाइतेलाई उपचारका लागि घोपा अस्पताल धरान पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि
झापा / प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट बरामद गरेको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ६३७ नं को ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए । प्रहरीले बरामद गरेको कपडा र चिनीको हालको बजार मूल्य करिब रु ५४ लाख ३६ हजार बराबरको रहेको जनाइएको छ । सामानको बिजबिजक नभेट्टाए पछि नियन्त्रणम
झापा / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ रुँघाकीमा भाउजूलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको आरोपमा देवर पक्राउ परेका छन् । ३७ वर्षीया भाउजू दिलसरा बोहरा खड्कालाई असार २६ गते ३६ वर्षीय देवर देउकुमार खड्काले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन् ।हतियार प्रहारबाट दिलसरा गम्भीर घाइते भएको र जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको छ । दिलसराको टाउको र हातमा गहिरो चोट लागेको चिकित्सकले बताए । यता आरोपित देउकुमार खड्कालाई प्रहरीले असार २७ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डीएसपी विष्णु स
बिर्तामोड / मोरङमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर- १३ का ५५ वर्षीय विजय बानियाँ रहेको प्रहरीले जनाएको छ । सोमवार राती साँढे ८ बजेको समयमा मोरङको विराटनगर महानगरपालिका- १४ मा ना ६ ख १८३४ नम्बरको ट्याङ्करले साइकलमा बाटो क्रस गर्दे गरेका बानियाँलाई ठक्कर दिँदा घाईते भएका बानियाँको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.