समाचार

    Showing 20,511-20,520 of 25,992 items.
  • किसानको पसिनाको मूल्य सरकारले बुजेन

    प्रदेश ब्युरो । बारीमा उत्पादन भएको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा तरकारी पोखेका छन्। उनीहरूले आज नारायणगढको पुल्चोकमा टमाटर, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि विरोधस्वरूप पोखेका हुन्। चितवनसहित देशैभरि नेपाली तरकारी नबिक्दा भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालले बताए। 

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 178 पटक पढिएको
  • सहकारीले लिने कर्जाको ब्याजदर बढीमा १२ प्रतिशत तोक्न माग

    प्रदेश ब्युरो : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बचत तथा ऋण सहकारी संस्थाहरुले निक्षेप संकलन गर्दा बढीमा ८ प्रतिशत र कर्जा दिँदा बढीमा १२ प्रतिशत ब्याज लिन नपाउने व्यवस्था तत्काल लागू गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । पार्टीले मंगलबार देशको आर्थिक संकट समाधान बारे २० बुँदे ज्ञापनपत्र बुझाउदै पार्टीले सहकारी र बैंकको ब्याज नियन्त्रण गर्न माग गरेको हो।ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाहरुको बचत तथा ऋण नीतिमा तत्काल सुधार गर्न, बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा बढीमा ४ प्रतिशत ब्याज लिन पाउने र ऋण प्रवाहमा बढीमा ७ प्रतिशत मात्रै ब्याज लिन पाउने व्य

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 385 पटक पढिएको
  • नेपाल वायुसेवा निगमले इ–टिकेटिङ सुरू गर्‍यो

    झापा । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा इ–टिकेटिङ सुरू गरेको छ ।निगमका अनुसार अब आन्तरिक उडानका टिकट ई(सेवाबाट किन्न सकिने भएको छ । निगमका अनुसार अब पूर्ण रुपमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ टिकट काट्न सकिने भएको छ ।निगमले अन्तर्राष्ट्रिय उडानमा यसअघि नै ई(टिकेटिङ सुरु गरेको थियो । निगमले अन्य लोकल वालेटबाट पनि टिकट काट्न सकिने प्रावधान सुरु गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय निगमको वेबसाइटबाट पनि टिकट काट्न सकिन्छ ।निगमले आफ्ना १९ सीट जहाजमा फुल क्षमतामा भने उडान गर्न नसक्ने जनाएको छ । निगमले आफ्नो सीट क्षमता समेत सार्वजनिक गरेको छ ।

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 173 पटक पढिएको
  • नेपाल प्रहरीका १५० डिएसपी र ९५ एसपीको सरुवा

    झापा । नेपाल प्रहरीका १५० प्रहरी नायब उपरीक्षक(डिएसपी)र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा र १३ जना नायब उपरिक्षक (डिएसपी)हरुको काज सरुवा भएको छ।प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको बिहीबारको निर्णयअनुसार उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले यसअघि केही प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी उपरीक्षक(एसपी)लाई काज सरुवासमेत गरेको थियो ।  नेपाल प्रहरीका १५० डिएसपी र ९५ एसपीको सरुवा र १३ जना डिएसपी काज सरुवाकोसूची

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 156 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ

    झापा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एक्सरे चेकजाँचको क्रममा पक्राउ परेको हो । उनले आफ्नै शरीरमा प्लाइस्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १९, २०७९
    • 62 पटक पढिएको
  • सप्तरीमा डिजेल बोकेको निगमको ट्यांकर चोरी, चार दिनपछि रित्तै फेला पर्यो

    प्रदेश ब्युरो। सप्तरीमा नेपाल आयल निगमको डिजेल बोकेको ट्यांकर पार्किङ गरेकै अवस्थामा चो री भएको छ । को १ ख ३६५५ नम्बरको ट्यांकर माघ ११ गते साँझ कन्चनरुप- ८ बिकी पम्पमा पार्किङ गरेर राखेको अवस्थामा हराएको थियो ।मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर निगमको १ नम्बर प्रदेश कार्यालय विराटनगर जाने क्रममा साँझ ट्यांकर पार्किङ गरेर चालक बास बस्न हिँडेका थिए ।माघ १५ गते बिहान सप्तरीकै शम्भुनाथ नगरपालिका- २ खैरबनामा बेवारिसे अवस्थामा उक्त ट्यांकर भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्यांकरको चारवटा च्याम्बरमा रहेको १६ हजार लिटर डिजेल चो री भएको छ ।प्रहरीले घटनामा संलग

    • प्रकाशित मितिः माघ १९, २०७९
    • 63 पटक पढिएको
  • हल्ट प्राइज़् एट आई.एम.एस. ले चुन्यो फाइनलमा सहभागिता जनाउने प्रतिस्पर्धीहरुको नाम

    काठमान्डौ । नजिकिँदै गरेको अन क्याम्पस फाइनललाई मध्यनजरमा राख्दै हल्ट प्राईज़ एट आई.एम.एस.ले उक्त कार्यक्रममा सहभागिता जनाउने प्रतिस्पर्धीहरुबीच सेमी फाइनल कार्यक्रम सञ्चालन गरेको हो।उक्त कार्यक्रममा ३२ टिमहरूले सहभागिता जनाएका थिए। जसमध्ये फाइनलको लागि ८ वटा टिमहरू छानिएका छन्। सरोज उपाध्याय, विराज घिमिरे र विकेश अधिकारी गरी ३ जना जर्जहरुको आतिथ्यतामा सेमी फाइनल कार्यक्रम सम्पन्न भएको हो। प्रतिस्पर्धीहरुले प्रस्तुत गरेका आइडियाहरुलाई विभिन्न क्षेत्रहरुबाट विश्लेषण गरेर जर्जहरूले ८ वटा टिमलाई फाइनलको लागि चयन गर्नुभएको हो।हल्ट प्राइज् एट आई.एम.इस.को फाइनल कार्यक्रम यही माघ २० गते बानेश्वरको आन

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 186 पटक पढिएको
  • ज्ञान ब. शाहीले दुई करोड भ्रस्टाचार गरेको फाईल सहित मुद्दा दर्ता गर्दै

    प्रदेश ब्युरो – राप्रपाका सांसद बनेका ज्ञानबहादुर शाहीले यौटै योजनाबाट दुई करोड भ्रस्टाचार गरेको खुलेको छ। लाक्का तामाङले ज्ञान बहादुर शाहीले राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनको मिलेमतोमा यो भ्रस्टाचार भएको बताएका छन ।लाक्का तामाङले सिंह दरबारको गेट अगाडि पुगेर ज्ञानेन्द्र शाहीको भ्रष्टाचारको फाईल देखाएका छन। तामाङले शाहीलाई भेट्न खोज्दा सिंहदरबार भित्र पस्ने पास समेत नदिएको र मोबाईल स्विच अफ समेत गरेको बताए ।अध्यक्ष राजेन्द्र लिंगदेनले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो भन्दै कार्यक्रममा भाषन गरेपनि उनी र उनका कार्यकर्ता भ्रस्टाचार गर्दै हिडेको समेत तामाङले बताए ।यस्तै तामाङले भ्रस्टा

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 55 पटक पढिएको
  • मलेसियाका गृहमन्त्री बिहिबार नेपाल आउदै

    प्रदेश ब्युरो । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल बिहीबार नेपाल आउने भएका छन्।गृहमन्त्री इजमाइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेको हो । इजमाइलको टोलीले नेपाल र मलेसियाबीचको श्रम सम्झौताका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।मलेसियाले हालै ५ लाख नेपाली श्रमिक लैजाने निर्णय गरेको थियो । गृहमन्त्री इजमाइलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन्।मलेसिया सुरक्षागार्डका लागि जानेलाई नेपालमै तालिम दिएर लैजाने विषयमा पनि छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 78 पटक पढिएको
  • काँग्रेसविरुद्वको रिट सर्वोच्च द्वारा दरपीठ

    प्रदेश ब्युरो । कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिन नहुने मागसहित दायर भएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि काँग्रेसले विपक्षीको हैसियत गुमाएको भन्दै अधिवक्ता विमल पोखरेलले पेस गरेको रिट सर्वोच्चले दरपीठ गरिदिएको हो ।

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 69 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.