समाचार

    Showing 20,321-20,330 of 25,992 items.
  • पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा झापाका एक युवकको मृत्यु

    झापा- मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय विशाल सिटौला रहेका छन् ।  गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो । मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  दुर्घटना लगतै चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 86 पटक पढिएको
  • विद्यालयलाई प्रविधिमैत्री बनाउन शिक्षकलाई तालिम

    झापा- धनकुटाको छथरजोपाटी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई प्रविधिमैत्री तालिम दिएको छ । गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने उदेश्यले कम्प्युटर प्रविधि सम्बन्धी ४ दिने क्षमता विकास तालिम दिएकाे हाे । पछिल्ल्लो समय भएको प्रविधिको विकासलाई मध्ये नजर गर्दै विद्यालय हुने प्रत्येक कृयाकलापमा प्रविधिकोे प्रयोगलाई बढाउने गाउँपालिकाकाे लक्ष्य रहेकाे छ।प्रविधिको विकास तीव्र गतिमा हुँदै गएको अवस्थामा साेही अनुरुपकाे शिक्षा दिने गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभयो । शिक्षण सिकाईमा प्रविधिको प्रयोग बढाउन तालिम दिएको अध्यक

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 253 पटक पढिएको
  • लागूऔषधसहित नौ जना पक्राउ

    झापा : छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन्।रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ ढवाहा पिसपार्कस्थित खाजा घरबाट अवैध लागूऔषध चरेश १४ केजीसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उक्त खाजा घरका संचालक ६५ वर्षीय काशी प्रसाद छन्त्याल, .बाग्लुङ निस्ती गाउँपालिका-६ घर भएकी ५० वर्षीया बिरमा बुढा र ३० वर्षीया जेनी घर्तिमगर रहेका छन्। विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।सिरहा, सिरहा नगरपालिका-१६ स्थित माडर मिलनचोक ज

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 74 पटक पढिएको
  • बिर्तामोड नगरपालिका १ द्वारा अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण

    झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र गोमादेवी पोख्रेल गौतम रहेका छन् । उनीहरुलाई ३५ हजार गोटाका ठेला भ्यान वितरण गरेको वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए । मागका आधारमा राजवंशी र गौतमलाई ठेला भ्यान वितरण गरीएको वडासचिव टिका अधिकारीले बताइन् । वडाबाट ठेलाभ्यान पाएपछि आफुलाई गरिखानका लागि सहयोग पुगेको गौतमले बताइन् । श्रीमान वितेपछि परिवार पाल्न सकस व्यहोर्दै आएकी गौतमले अव यसमा चटपटे लगायतका परिकार बेच्ने भन्दै ख

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 214 पटक पढिएको
  • पञ्चरत्न माविको ५५ औं बार्षीकोत्सव कार्यक्रम सम्पन्न

    झापा । बिर्तामोड नगरपालिका २ मा रहेको पञ्चरत्न माध्यमिक बिद्यालयको ५५ औं बार्षीकोत्सव सम्पन्न भएको छ ।बिद्यालय परिसरमा आयोजित बिषेश समारोहकाबिच स्मारिका विमोचन, सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रमको आयोजना गर्दै बिद्यालयले ५५ औं बार्षीकोत्सव मनाएको हो ।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद ओलीको अध्यक्षता तथा प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व प्रधानाध्यापक तथा पूर्व शिक्षहरुलाई बिधाई तथा सम्मान गरिएको थियो ।सो अवसरमा बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो ।त्यस्तै जग्गा दाता र बिद्यालयलाई बिभिन्न क्षेत्रब

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 279 पटक पढिएको
  • कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

    काठमाण्डौ – इजिप्टको राजधानी कायरोको जमालेकमा रहेको इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवर्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृति झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोमा रहेको नेपाली राजदूतावासद्वारा गएको बुधवार र बिहीवार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्य–दृश्य र मौलिक कला संस्कृति झल्कने गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । नेपालको पर्यटन प्रवर्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा झन्डै तीन सय ७५ जना विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ ।प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुरी तथा बु

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 76 पटक पढिएको
  • पानी र हिमपात नपर्दा सुक्न थाले अन्नबाली तथा अलैँचीका बोट

    झापा – पानी नपर्दा र हिमपात पनि नहुँदा अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित भएका छन् ।लामो समयदेखि पानी नपर्दा हिउँदे बाली तथा बगानमा अलैँचीको बोटसमेत सुक्न थालेको छ । यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको खाँदबारी नगरपालिका–४ का भीमबहादुर गुरुङले गुनासो गरे । गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पुर्‍याउन नसकिएको उनको भनाइ छ ।अर्का किसान मानबहादुर गुरुङ गहुँ, तोरीमा सिँचाइ हुन नसक्दा बिउ पनि मासिने अवस्था आएको बताए । पानी नपरेका कारण सडक र खेतबारी सबैतिर धुलैधुलो मात्र उड्न थाले

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 75 पटक पढिएको
  • बेहुला बेहुली चढेको कार ट्रकमा ठाेक्कियाे

    रुपन्देही : रुपन्देहीको सैनामैनामा बेहुला बेहुली चढेको कार ट्रकमा ठोक्किँदा ४ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाइन बिचको जङ्गलमा रोकिराखेको लु २ ख ४३० नम्बरको ट्रकमा बिहीबार बिहान पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु ३ च ८९२ नम्बरको कार ठोक्किएको थियो।दुर्घटनाबाट कारमा सवार बाँकेको राप्ती रोनारी गाउँपालिका–९ की २२ वर्षीया कविताकुमारी थारु, सोही ठाउँकी २३ वर्षीया सुशीला थारु, १५ वर्षीय विवश थारु र नवलपरासी पश्च्मिको सरावल गाउँपालिकाका २५ वर्षीय कृष्णा चौधरी घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ।घाइते मध्ये कविताकुमारी थारुको अवस्

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 111 पटक पढिएको
  • हात्तीको आक्रमणबाट एक जनाकाे ज्यान गयाे

    झापा-मकवानपुरको बकैयामा हात्तीको आक्रमणबाट एक जनाकाे ज्यान गएकाे छ । बकैया गाउँपालिका वडा नम्बर–५ पावसका ५० वर्षका जनकलाल माझीको हात्तीको आक्रमणबाट ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीका अनुसार गए राति बाख्रा ब्याएपछि गोठमा जाने क्रममा माझीलाई बाटोमै हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट बेहोस भएका माझीको उपचार गर्न हेटौँडा ल्याइएकोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसअघि त्यही हात्तीले मनहरीमा एक महिलाको ज्यान लिएको थियो भने हेटाैँडा उपमहानगरपालिका–१८ मा एक पुरुषलाई घाइते बनाएको थियो ।मकवानपुरमा जङ्गली हात्तीले उग्र र

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 112 पटक पढिएको
  • फरार रहेका १३ जनालाई पक्राउ गरी अदालत पेस

    झापा- जिल्ला प्रहरी कार्यालय कास्कीले जरिवाना फैसला भई हालसम्म पनि फरार रहेका १३ जनालाई पक्राउ गरी अदालतमा पेस गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार विभिन्न अपराधमा संलग्न भएको पुष्टि भई कास्की जिल्ला अदालतले सजाय सुनाएपछि फरार रहेकाहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।उनीहरू लागूऔषध मुद्दामा पाँच दिन कैद फैसला भई हालसम्म फरार रहेका पोखरा महानगरपालिका–२९  पावर हाउस बस्ने ३२ वर्षीय राज कुमार ताम्राकार, लागू औषध मुद्दामा छ दिन कैद तथा पाँच हजार रुपैयाँ जर

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.