समाचार

    Showing 18,961-18,970 of 25,959 items.
  • बाढीले कागबेनीका १५ घर, प्रहरी चौकी र पुल बगायो

    काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी समेत बगाएको छ । आइतबार राति करिब ८ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको छ भने मानवीय क्षति भएको छैन ।कागबेनीको बस्तीमा बाढी पसेको सूचनापछि कागबेनी आएका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार १५-१६ भन्दाबढि घर बगेका छन् । कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगेका छन् । प्रहरीहरुले हतियार भने जोगाउन सफल भएका छन् । प्रहरीहरु गाउँपालिकाको भवनमा बसेका छन् ।कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 312 पटक पढिएको
  • नारायणी नदीमा पानीको सतह तहभन्दा माथि

    काठमाण्डौ । चितवनस्थित नारायणी नदीको पानी सतह सतर्कताको तहभन्दा माथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ । देवघाटमा सात दशमलव तीन मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ । नदीमा यसअघि गत असार २३ गते पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो । चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा  वर्षा भइरहेको जनाइएको छ ।नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 196 पटक पढिएको
  • सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ५६ वटै ढोका खोलियो

    काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको सतह पार गरेपछि ब्यारेजका सबै ढोका खोलिएको छ।लगातारको वर्षाले सप्तकोसी नदीको बहाव यो वर्षकै उच्च तहमा पुगेको छ । सहायक नदीहरुमा आएको बाढी र लगातारको वर्षाले कोसीको बहाव बढेको हो ।  साेमवार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको जनाइएको छ । पानी बहा बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् भने कोसी नदिमा क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। आइतबार राति पानीको सतह बढेपछि ब्यारेजका सबै सबै ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी ह

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 422 पटक पढिएको
  • प्रहरी सरुवाका लागि नयाँ मापदण्ड तयार

    काठमाडौं । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारी सरुवाको नयाँ मापदण्ड बनाएको छ । प्रधान कार्यालयले इन्सपेक्टरदेखि एसपीसम्मको सरुवाका लागि नयाँ मापदण्ड बनाएको हो ।प्रहरी प्रधान कार्यालयका अनुसार गृह मन्त्रालयले सरुवासम्बन्धी मापदण्ड २०८० स्वीकृतसमेत गरिसकेको छ । नयाँ मापदण्ड बन्दै गरेकाले साउनको सुरुवातमै हुनुपर्ने प्रहरी कर्मचारीको सरुवा समेत अहिलेसम्म हुन सकेको थिएन् । जसका कारण अहिले इन्स्पेक्टरदेखि एसपीसम्मका सरुवा रोकिएका छन् भने भर्खरै सरुवा भएर इन्चार्ज भएका इन्स्पेक्टरहरु समेत फिर्ता हुनुपर्ने अवस्था छ ।अब सरुवाको नयाँ मापदण्ड स्वीकृत भएसँगै प्रहरी कर्मचारी

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 207 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  बंगालको खाडीबाट आइरहेको जल बास्पयुक्त हावाको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारीदेखि धेरै भारी

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 199 पटक पढिएको
  • अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादीको निर्णय

    काठमाण्डौ ।  नेकपा माओवादी केन्द्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए।मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी भएको समेत उनले बताए। 

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 166 पटक पढिएको
  • नगरपालिकामा अख्तियारको छापा

    धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।ज्येष्ठ नागरिकको सम्मानका लागि रकम निकासा भएपनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिवासले छापा मारेको हो ।नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्देश्वर यादवले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका लागि छुट्टयाइएको ४ लाख रुपैयाँ बजेट एक कर्मचारी राजकुमार मण्डलको नाममा पेश्की भुक्तानी लिएको तर सम्मान नगरेको उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि सीपमुलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ भुक्तानी लिएको, वडा नं. ९ अन्तर्गत सड

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 246 पटक पढिएको
  • अविरल वर्षाका कारण देशभरका १२ राजमार्ग अवरुद्ध

    काठमाडौं  । शनिबारदेखि परेको अविरल वर्षाका कारण देशभरका पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक विभागको तथ्याङ्क अनुसार ४१ राजमार्ग भने आंशिक सुचारु छन् । चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर कोरिडोर), तानसेन–रिडी–कोरला, डुम्रे बेशीसहर–चामे, मदनभण्डारी राजमार्ग र कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध छन् । अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ । पूर्णरुपमा अवरुद्ध सडक प्रयोग गर्ने यात्रुहरूले वैकल्पिक सडक प्रयोग गर्न विभागको आग्रह छ । विभागका अनुसार १४५ सडक अवरुद्ध भएपश्चात् अहिले सुचारु भएका छन् ।लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशभरक

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 245 पटक पढिएको
  • सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न : एमाले

    काठमाडौँ  ।   प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ ।च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार र सुन तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाएका हुन् ।साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । संसदमा प्रतिपक्षी सांसदहरूलाई आफ्नो कुरा राख्न सत्तारुढ सांसदहरू उठेर अवरोध गरेको आरोप लगाए ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दैनिक सय किलो अवैध सुन भित्रिरहेको बताएका छन्।

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 321 पटक पढिएको
  • प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित

    काठमाडौं । प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ ।पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन् ।तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ । अन्तर्राष्ट्रिय उडान जारी छ ।

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 280 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.