समाचार

    Showing 18,081-18,090 of 25,938 items.
  • पाँच लाख भारु तीस हजार सहित एक जना पक्राउ

    काठमाण्डौ । सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीले आज पत्रकार सम्मेलन गरी राजगढ गाउँपालिका-दुई झौराचोकबाट पक्राउ परेका भारत मधुवनी भरफोर ग्राम पञ्चायत-तीन सुब्बाटोलका २५ वर्षीय सञ्जयकुमार यादवलाई नगदसहित सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारीसाधन जाँच गर्ने क्रममा बिआर ५०बी १५४२ नंको मोटरसाइकल रोकी जाँच गर्दा यादवलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्दी ब्रजाचार्यले बताए । मोटरसाइकलको डिक्की

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 188 पटक पढिएको
  • भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु

    काठमाण्डौ  ।  बर्दियामा ईलेक्ट्रिक भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–३ बस्ने ५४ वर्षीय नोखे दमाइ रहेका छन ।हिजो (शुक्रबार) दिउँसो बर्दियाको राजापुर नगरपालिका–१० खैरीचन्दनपुरस्थित सडकमा गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको भे.१ ज १३३७ नम्बरको ईलेक्ट्रिक भ्यानको ठक्करबाट साइकलयात्री दमाइको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय बर्दियाले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 246 पटक पढिएको
  • पूर्वराजा शाहद्वारा बुटवलको नीलकण्ठ बाबाधाममा पूजा

    काठमाण्डौ  ।  दुई हप्तादेखि भैरहवामा आएर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवल उपमहानगरपालिका वार्ड ७ मा रहेको नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा गरेका छन्।पुस १ गतेबाट सुरु भएको शिव शक्ति-११ अतिरुद्री महायज्ञमा आज पूर्व राजाले पूजा गरेका हुन्। सो अवसरमा मन्दिर परिसरमा भेला भएका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए । पूवराजालाई मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका थिए।पुस ९ गते भैरहवामा परिवारसहित आएका पूर्वराजा यसअघि नवलपरासी बर्दघाट रहेको मन्दिरमा पनि पूजा गरेका थिए। उनलाई पुस १९ गते भैरहवामा नागरिक अभिनन्दनसमेत गरिएको थियो । उनी कहिले काठमाडौँ जाने अझैसम्म

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 247 पटक पढिएको
  • बरहथवा घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो तीन सदस्यीय समिति

    काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ।गृह मन्त्रालयले मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने र छानबिनका लागि समिति बनाउने निर्णय गरेको हो ।मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् ।शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका–५ मा प्रँथमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा गोली लागे

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 333 पटक पढिएको
  • रेलमा आगलागी हुँदा चार जनाको मृत्यु, बीएनपी नेतासहित सात जना पक्राउ

    एजेन्शी ।  बङ्गलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।स्थानीय सञ्चारमाध्यमले बेनापोल एक्सप्रेस यात्रुवाहक रेलमा राति ९ः०५ बजे अज्ञात समूहले आगजनी गरेको जनाएका छन् । स्थानीय समय अनुसार राजधानीको गोपीबाग क्षेत्रमा भएको आगलागी राति १०ः२० बजे नियन्त्रणमा आएको थियो ।आगलाागीमा मृत्यु भएकाहरूको तत्काल पहिचान हुन नसकेको ढाका महानगरीय प्रहरी उपायुक्त इकबाल हुसेनले पत्रकारहरूलाई बताएका छन् ।बङ्गलादेशको प्रहरीले खचाखच भरिएको रेलमा आगजनी गरेको आरोपमा विपक्षी दलका सात सदस्यलाई शनिबार पक्

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 369 पटक पढिएको
  • मुस्लिमहरूको पवित्र स्थल मक्कामा सुनको विशाल भण्डार

    काठमाडौं । इस्लाम धर्मको सबैभन्दा पवित्र सहर साउदी अरबको मक्कामा सुनको ठूलो भण्डार फेला परेको छ । साउदीले भर्खरै यस्तो घोषणा गरेको हो । साउदी अधिकारीहरूले आफ्नो घोषणामा मक्का क्षेत्रको अल खुर्मा गभर्नरेटमा रहेको मन्सौराह मसारा सुन खानीबाट १०० किलोमिटर दक्षिणमा सुनको भण्डार फेला परेको बताए।साउदी अरेबियाको खानी कम्पनी द साउदी अरेबियन माइनिङ कम्पनी (माडेन) ले यस क्षेत्रमा धेरै सुनको भण्डार फेला परेको भन्दै यस क्षेत्रमा खानीको सम्भावना रहेको देखाएको छ । माडेनले सन् २०२२ मा सुन खोज्नको लागि बृहत् कार्यक्रम सुरु गरेको थियो र यो यसको प्रारम्भिक सफलता हो। मन्सुराह मसारा नजिकै सुनको भण्डार फेला परेपछि

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 217 पटक पढिएको
  • निषेधित क्षेत्र तोड्न खोज्दा डा.गोविन्द केसीसहित प्रदर्शनकारी पक्राउ

    काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आन्दोलन गर्दै आइरहेका डा.गोविन्द केसीसहित सात जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।पौष २१ शनिबार काठमाडौंको माइतीघरमा  सशस्त्र द्धन्द्वका पीडितलाई न्याय एवम सम्पूर्ण नेपालीहरुको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राखेर आन्दोलनमा उत्रिएका डा.केसीसहितका प्रदर्शनकारी पक्राउ परेको डा.केसी निकट संजिव कार्कीले जनाएका छन् । शनिबार दिउँसो सुशासनका लागि अभियानले सरकारलाई दवावमुलुक कार्यक्रम आयोजना गरेको थियो ।सोही अभियानमा सहभागी भएका डा.केसीसहित पुकार बम, शशीविक्रम कार्की लगायतका प्रदर्शनकारी पक्राउ परेका हुन् ।

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 295 पटक पढिएको
  • जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी

    काठमाडाैँ । जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १०० पुगेको छ । भूकम्पमा परी इशिकावामा शनिबारसम्म २११ जना बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेका छन् ।यसैवीच भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११० तथा बेपत्ता हुनेको सङ्ख्या २१० पुगेको एएफपीले जनाएको छ। भूकम्पबाट सबैभन्दा धेरै प्रभावित तटीय शहर वाजिमामा ५९ जनाको मृत्युको पुष्टि भएकोे छ । भवन भत्किँदा वाजिमामा करिब १०० व्यक्ति फसेको अपुष्ट विवरणहरू आइरहेका छन् ।जापान मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए) ले स्थानीय समयअनुसार शनिबार बिहान ५ः

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 169 पटक पढिएको
  • ढुङ्गा प्रहार गरेर १ जनाको हत्या, २ घाइते

    काठमाण्डौ । म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन् ।छपनी प्रहार हुँदा मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । उनका अनुसार मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताए ।मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई चिर्पट प्रहार गर

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 336 पटक पढिएको
  • गाँजासहित एक जना पक्राउ

    काठमाण्डौ । बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चौकबाट उक्त गाँजा बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले एक हजार छ केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । उनका अनुसार उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा रु ३० देखि ३५ हजार प्रतिकिलो बिक्री हुने गरेको छ । गाँजासँगै सवारीधनी टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइए

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 376 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.