समाचार

    Showing 17,741-17,750 of 25,915 items.
  • सवारी दुर्घटना हुँदा २ वर्षीया बालिकाको मृत्यु

    काठमाण्डौ  ।   सुवर्ण गाउँपालिका-३ सतगंजमा बुधवार भएको सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु भएको छ । कलैयाबाट सतगंजतर्फ जाँदै गरेको ना ३ ख ९९९० नम्बरको यात्रुबाहक बसबाट आमासित ओर्लिने क्रममा कलैया उपमहानगपालिका-८ मदर्सा टोलका मुना साहकी छोरीको मृत्यु भएको कलैया अस्पतालले जनाएको छ । उपचार गर्नु अघि नै बालिकाको मृत्यु भइसकेको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए ।बालिका आमासित त्यही बसमा मामा घर भारत तर्फ जाँदै थिइन् । घटनास्थल सतगंज दसगजासित जोडिएकाले बालिकाको मामा घरबाट आएका आफन्त र भारतीय गाउँ छौडादानोका स्थानीय बासिन्दाको समुहले बसमा समान्य तोडफोड गर्दै दसगजामा केहीबेर घटन

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 187 पटक पढिएको
  • समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न खापुनले दिए निर्देशन

    पाचथर  ।  समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले आज जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको स्थलगत निरीक्षण गरेका छन । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यरत प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न  निर्देशन दिएका छन । निर्देशनको क्रममा वहाँले सम्पुर्ण प्रहरी कर्मचारीहरुले आपसी भाईचारा तथा

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 211 पटक पढिएको
  • प्रतिवन्धित लागुऔषध सहित ३ जना पक्राउ

    बिराटनगर   ।   झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र  औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका शिवसताक्षी नगरपालिका-५ का २३ बर्षीय शायद बोहोराको साथबाट ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो छ । यसै गरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले मोरङको बिराटनगर-१५ स्थितबाट सुनसरी बराहक्षेत्र नगरपालिका-२ का २१ बर्षीय

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 191 पटक पढिएको
  • गौतमबुद्ध रङ्गशालाका लागि छुट्यायो बागमती प्रदेश सरकारले बजेट

    काठमाडौँ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ ।आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणका लागि भरतपुर महानगरसँगको सम्झौताअनुसारको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महानगरपालिकासँगको सम्झौताअनुसार प्रदेश सरकारले रङ्गशालाका लागि रु ५२ करोड ५० लाखको स्रोत सुनिश्चितता गरेको जानकारी दिए।गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा सो रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले तयार गरेको रु ७५ करोडको ला

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 269 पटक पढिएको
  • आज परराष्ट्रमन्त्री साउद अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा जाँदै

    काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज बुधबार अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्ने भएका छन् ।अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्तरुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यही माघ २७ गते स्थिर र दिगो हिन्द महासागरतर्फ,’ विषयमा हुन लागेको सम्मेलनलाई मन्त्री साउदले सम्बोधन गर्ने कार्यक्रम छ ।पर्थमा रहँदा उनले अष्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्त

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 175 पटक पढिएको
  • अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग

    काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका अध्यागमन विभागका अधिकृत नरवीर खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् ।जिल्ला अदालत काठमाडौंले मंगलबार उनीसहित चार जनालाई पुर्पक्षका लागि कारागार चलाउन आदेश दिएको हो । कारागार चलान हुनेमा अधिकृत खड्कासहित मनोज तामाङ, सरोज कुमार यादव र अरूण दाहाल रहेका छन् । अदालतले अन्य ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।उनीहरूमाथि नक्कली कागजात बनाएर भिजिट भिसामा पठाउने गिरोहसँग मिलेको आरोप लागेको छ । भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध चलाइएको मुद्दामा उक्त आदेश आएको हो। माघ १८ गत

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 179 पटक पढिएको
  • नेपाल प्रहरीका १०४५ सहायक हवल्दारहरु एकैपटक हवल्दारमा बढुवाको लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका एक हजार ४५ जना प्रहरी सहायक हवल्दारहरु प्रहरी हवल्दार पदमा बढुवाको लागि सिफारिस भएका छन् ।बढुवा समितिको मंगलबार बसेको बैठकले जनपद प्रहरी तर्फका १०४५ जना सहायक हवल्दारहरुलाइ हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको हो । हेर्नुहोस् सूची :

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 430 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।दिउँसो पनि लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमा

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 233 पटक पढिएको
  • काङ्ग्रेस नेता केशवकुमार बुढाथोकीको निधन

    झापा । नेपाली काँग्रेसका नेता, केन्द्रीय सदस्य, पुर्व मन्त्री केशवकुमार बुढाथोकीको उपचार क्रममा बिराट मेडिकल कलेज बिराटनगरमा सोमबार राति निधन भएको छ   l हक्की तथा सेतो बाघले परिचीत बुढाथोकीको निधनले पुर्वी नेपाल खासगरी झापाको भुमिमा उनको ठूलो रिक्तता अनुभुती हुनेछ lउनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । नेता बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन ।हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उनको ठूलो रिक्तता अनुभूति हुनेछ । उनका योगदानहरू हामी सदैव स्मरण गरिरहने छौँ,’ महाम

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 428 पटक पढिएको
  • जिप दुर्घटनाहुदा १० जना घाइते, तीनजनाको अवस्था गम्भीर

    सर्लाही  ।  सर्लाहीको मलंगवा नगरपालिका–११, गमहरियामा भएको जिप दुर्घटनामा १० जना घाइते भएका छन्। घाईइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए। घाइते ७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको प्रदेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारको लागि अन्यत्र रेफर गरिएको छ। घटनामा घाइते भएकाहरू सबै नापी कार्यालय सर्लाहीका कर्मचारी रहेको प्रहरीले जनाएको छ। साझ मलंगवाबाट नवलपुर तर्फ आउँदै गरेको जिप उखु बोकेर सोही दिशा तर्फ आउँदै गरेको ट्याक्टर पछाडि ठोक्किँएको थियो। दुर्घटनामा परे

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 282 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.