सर्लाही  ।  सर्लाहीको मलंगवा नगरपालिका–११, गमहरियामा भएको जिप दुर्घटनामा १० जना घाइते भएका छन्। घाईइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए। घाइते ७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। Screenshot_2024_0206_064552

घाइतेहरूको प्रदेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारको लागि अन्यत्र रेफर गरिएको छ। घटनामा घाइते भएकाहरू सबै नापी कार्यालय सर्लाहीका कर्मचारी रहेको प्रहरीले जनाएको छ।

OM Sai Pathibhara Hospital

साझ मलंगवाबाट नवलपुर तर्फ आउँदै गरेको जिप उखु बोकेर सोही दिशा तर्फ आउँदै गरेको ट्याक्टर पछाडि ठोक्किँएको थियो। दुर्घटनामा परेको जिप क्षतिग्रस्त अवस्थामा छ।Screenshot_2024_0206_062330