झापानेपाली काँग्रेसका नेता, केन्द्रीय सदस्य, पुर्व मन्त्री केशवकुमार बुढाथोकीको उपचार क्रममा बिराट मेडिकल कलेज बिराटनगरमा सोमबार राति निधन भएको छ   l हक्की तथा सेतो बाघले परिचीत बुढाथोकीको निधनले पुर्वी नेपाल खासगरी झापाको भुमिमा उनको ठूलो रिक्तता अनुभुती हुनेछ l

उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । नेता बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन ।हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उनको ठूलो रिक्तता अनुभूति हुनेछ । उनका योगदानहरू हामी सदैव स्मरण गरिरहने छौँ,’ महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए । पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए । लामो राजनीतिक जीवनमा उनी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भएका थिए । 

OM Sai Pathibhara Hospital
झापाको अर्जुनधारा निवासी बुढाथोकी कांग्रेस भित्र हक्की स्वभावका नेताको रुपमा चिनिन्थे । प्रोस्टेट क्यान्सर रोगबाट पीडित उनको उपचारको क्रममा राति निधन भएको हो । 

पार्टी भित्र आफ्ना विचार स्पष्टसंग राख्न सक्ने र सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने धारणा भएका नेता बुढाथोकीको निधनसंगै कांग्रेसलाई ठूलो क्षति पुगेको कांग्रेस नेताहरुको भनाई छ ।