बिराटनगर   ।   झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र  औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका शिवसताक्षी नगरपालिका-५ का २३ बर्षीय शायद बोहोराको साथबाट ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो छ । 

OM Sai Pathibhara Hospital

यसै गरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले मोरङको बिराटनगर-१५ स्थितबाट सुनसरी बराहक्षेत्र नगरपालिका-२ का २१ बर्षीय बिजय दासलाई ४६ मिलिग्राम ब्राउन सुगर सहित र उदयपुरको प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी-३ का २४ बर्षीय राजेश परियारलाई प्रतिबन्धित औषधी १९ ट्याप्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।