समाचार

    Showing 17,721-17,730 of 25,912 items.
  • सशस्त्र प्रहरीका १०० एसपीको सरुवा

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १०० एसपीको एकैपटक सरुवा भएको छ । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ २४ गतेको निर्णयअनुसार सरुवा गरिएको हो ।साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आआफ्नो कार्यालयमा रहेको अभिलेख किताबमा आवश्यक ब्यहोरा जनाई दिन हुन सम्बन्धित कार्यालयहरुलाई पनि निर्देशन दिइएको छ । हेर्नुहोस् सूची : 

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 517 पटक पढिएको
  • लागुऔषध सहित ३ जना पक्राउ

    बिराटनगर   ।   झापा र मोरङ जिल्लाका दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर- ८ बाट स्थानीय २३ बर्षीया गीता बिष्ट र मेचिनगर- १० का ३१ बर्षीय मेग्देन गुरुङलाई १ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।यसैगरी ईलाका प्रहरी कार्यालय केराबारी मोरङबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका- ७ का २१ बर्षीय योगेश राईलाई केराबारी-

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 194 पटक पढिएको
  • कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने

    काठमाडौँ । कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने जनाएको हो।उत्पादनमूलक क्षेत्र (Manufacturing Sector) तर्फको कोरियन भाषा परीक्षाबारे माघ २२ गते सूचना प्रकाशित गर्ने तय भएको थियो । तर, प्राविधिक कारणले परीक्षाबारे विस्तृत विवरण सार्वजनिक गर्न कहि समय लाग्ने जनाएको हो ।१९ मंसिरमा सार्वजनिक गरिएको सूचना अनुसार कोरियाका लागि उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो। र परीक्षाबारे विस्तृत जानकारी माघ २२ मा प्रकाशित गर्ने जनाएको थियो ।आवेदनहरूलाई रूजु गर्ने काम नसकिएकाल प

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 231 पटक पढिएको
  • टिप्परको ठक्करबाट पुर्व अनुसन्धान अधिकृत थापाको निधन

    काठमाण्डौ  ।   कलैया–पिलुवा सडक खण्ड अन्र्तगत बाराको कलैया उपमहानगरपालिका १६ मा बुधवार साझ टिप्परको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पुर्व अनुसन्धान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नं. ५ घुसुकपुर निवासी पुर्व अनुसन्धान अधिकृत ६० वर्षिय विष्णु थापा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।पिलुवाबाट कलैया तर्फ जादै गरेको ना ३० प ९८३० नम्बरको मोटरसाईकलमा सवार थापालाई विपरित दिशाबाट आउदै गरेको ना ८ ख २१९५ नम्बरको टिपरले उक्तरझिटकैया गाउ नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका थापालाई स्थानीयको सहयोगमा अस्पताल पुर्या

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 419 पटक पढिएको
  • ग्यालेक्सी टेलिभिजनका उपाध्यक्ष जोशीको घरमा प्रहरी छापा

    काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले पूर्व डीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा छापा मारेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका व्यापारिक साझेदार पूर्व डीआईजी जोशीको घरमा छापा प्रहरी मारेको हो ।उनको घरमा सञ्चालित नेचर हब इन्टरनेशनल प्रालिको कार्यालयबाट सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भर बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा काठमाडौँ प्रहरीले उनको घरमा छापा मारेको थियो । जिबी राई र जोशी कै साझेदारमा ग्यालेक्सी फोर के टेलिभिजन समेत सञ्चालनमा आएको थियो ।पूर्व डीआइजी जोशीको खातामा अस्वभाविक कारोबार भएको समे

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 495 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं  ।   देशका केही भूभागमा आज हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना नरहे पनि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।राति कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 192 पटक पढिएको
  • अख्तियार दुरुपयोग अनुसन्धानले नापीका चौलागाई र पोखरेललाई घुस सहित पक्राउ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँमा कार्यरत सर्वेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले सर्वेक्षक चौलागाई र लेखापढी कर्मचारी पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा आज नापी कार्यालय कलंकीबाट पक्राउ गरेको हो ।सर्वेक्षक चौलागाई र पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपमा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।  उनीहरूलाई नियन

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 270 पटक पढिएको
  • गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्युु

    काठमाण्डौ । अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ ।बुधबार साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिए । दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए ।

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 152 पटक पढिएको
  • सीआईबीको अनुसन्धान छल्न विनोद चौधरी भारततिर

    काठमाडौँ   ।   बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले अनुसन्धानका लागि सांसद विनोद चौधरीलाई बोलाउने तयारी गरिरहेका बेला उनी लुसुक्क भारत गएका छन् । जग्गा घोटाला प्रकरणमा पक्राउ परेका भाइ अरुण चौधरीलाई रिहा गराए लगत्तै दाइ विनोद भारततिर लागेका छन् ।चौधरि बुधबार अपराह्न ४ः४५ बजे इन्डिगो एयरबाट भारत प्रस्थान गरेका स्रोतले बताएको छ । उनीसँगै पत्नी सारिका चौधरी पनि दिल्ली गएकी छन् । भारतमा उनी बागेश्वरधाम बाबाको सरणमा जाने बताइएको छ । काठमाण्डु जिल्ला अदालतको आदेशअनुसार चौधरीसहित ३ जनालाई सीआईबीले बुधबार छाडेको छ ।

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 415 पटक पढिएको
  • भारतीयको नियन्त्रणमा नेपाली यात्रुबाहक बस

    सर्लाही  ।    भारतीय पक्षले नेपाल–भारत चल्ने मैत्री बस लियन्त्रणमा लिएको छ । बुधबार महेन्द्रनगरबाट दिल्लीका लागि छुटेको महाकाली यातायातको सुपप्र ०२००१ख ११०० नम्बरको बसलाई भारतीय यातायात व्यवसायीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन ।दशगजा क्षेत्रमा पार्किङ्ग गरेर राखेका आफ्ना सवारीसाधन नेपाल प्रहरीले नियन्त्रणमा लिएको भन्दै आफूले समेत नेपाली सवारीसाधनलाई भारत चल्न नदिने चेतावनी दिएका छन । भारतीय यातायात व्यवसायीले बस प्रहरी चौकीमा बुझाएपछि दिल्लीका लागि हिंडेका यात्रु बनबसामा अलपत्र परेका छन् ।यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नेपाली यात्रुबाहक ब

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 265 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.