सर्लाही  ।    भारतीय पक्षले नेपाल–भारत चल्ने मैत्री बस लियन्त्रणमा लिएको छ । बुधबार महेन्द्रनगरबाट दिल्लीका लागि छुटेको महाकाली यातायातको सुपप्र ०२००१ख ११०० नम्बरको बसलाई भारतीय यातायात व्यवसायीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन ।

दशगजा क्षेत्रमा पार्किङ्ग गरेर राखेका आफ्ना सवारीसाधन नेपाल प्रहरीले नियन्त्रणमा लिएको भन्दै आफूले समेत नेपाली सवारीसाधनलाई भारत चल्न नदिने चेतावनी दिएका छन । भारतीय यातायात व्यवसायीले बस प्रहरी चौकीमा बुझाएपछि दिल्लीका लागि हिंडेका यात्रु बनबसामा अलपत्र परेका छन् ।

OM Sai Pathibhara Hospital

यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नेपाली यात्रुबाहक बस भारतमा रोकिएको विषयमा भारतीय उच्च अधिकारीसँग छलफल भइरहेको बताउनुभयो । उहाँका अनुसार चेकजाँचका क्रममा बढी यात्रु बोकेको भेटिएपछि बसलाई रोकिएको भन्ने जानकारी प्राप्त भएको छ ।

कञ्चनपुर प्रहरीले सोमबार गड्डाचौकीस्थित दशगजा क्षेत्रमा नियम विपरीत पार्किङ्ग गरेर राखिएका ५८ वटा भारतीय नम्बर प्लेटका जिपकारहरु नियन्त्रणमा लिएको थियो । जसमध्ये कागजात भएका ४८ सवारीसाधान सम्बन्धीत सवारीधनीलाई जिम्मा लगाएको छ भने कागजात नभएका १० सवारीसाधान भन्सार चलान गरेको छ ।

नेपाल प्रहरीले भारतीय नम्बर प्लेटका सवारीसाधान भन्सार चलान गरेसँगै भारतीय पक्षले प्रतिशोध साँध्न मैत्री बस नियन्त्रणमा लिएको स्थानीयको भनाई छ । यसले नेपाल भारतबीच सम्बन्धमा समेत प्रभाव पर्नेसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।