काठमाण्डौ  ।   कलैया–पिलुवा सडक खण्ड अन्र्तगत बाराको कलैया उपमहानगरपालिका १६ मा बुधवार साझ टिप्परको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पुर्व अनुसन्धान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नं. ५ घुसुकपुर निवासी पुर्व अनुसन्धान अधिकृत ६० वर्षिय विष्णु थापा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पिलुवाबाट कलैया तर्फ जादै गरेको ना ३० प ९८३० नम्बरको मोटरसाईकलमा सवार थापालाई विपरित दिशाबाट आउदै गरेको ना ८ ख २१९५ नम्बरको टिपरले उक्तरझिटकैया गाउ नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका थापालाई स्थानीयको सहयोगमा अस्पताल पुर्याईएको थियो । उपचारको क्रममा राती नै घाईते थापाको कलैया स्थित राजलक्ष्मी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

ठक्कर दिने टिप्पर चालक फरार रहेको र दुर्घटनामा संलग्न दुबै सवारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मृतक थापाको शव परिक्षणको लागी कलैया प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।