काठमाडौँ   ।   बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले अनुसन्धानका लागि सांसद विनोद चौधरीलाई बोलाउने तयारी गरिरहेका बेला उनी लुसुक्क भारत गएका छन् । जग्गा घोटाला प्रकरणमा पक्राउ परेका भाइ अरुण चौधरीलाई रिहा गराए लगत्तै दाइ विनोद भारततिर लागेका छन् ।

चौधरि बुधबार अपराह्न ४ः४५ बजे इन्डिगो एयरबाट भारत प्रस्थान गरेका स्रोतले बताएको छ । उनीसँगै पत्नी सारिका चौधरी पनि दिल्ली गएकी छन् । भारतमा उनी बागेश्वरधाम बाबाको सरणमा जाने बताइएको छ । काठमाण्डु जिल्ला अदालतको आदेशअनुसार चौधरीसहित ३ जनालाई सीआईबीले बुधबार छाडेको छ । तर प्रहरीले कीर्ते र ठगी मुद्दामा अनुसन्धान जारी नै राखेको छ । सीआईबीका एसएसपी दिनेश आर्चायले अदालतको आदेशबमोजिम तीनै जना हाजिरी जमानामा रिहा भए पनि कीर्ते र ठगी मुद्दामा अनुसन्धान जारी रहने बताएका छन।

OM Sai Pathibhara Hospital

अनुसन्धानका क्रममा बाँसबारीको छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोप लागेको च्याम्पियन फूटवेयर कम्पनीमा त्यो बेला कांग्रेसका सांसद समेत रहेका अर्बपति विनोद चौधरीको समेत अरुणसरह नै शेयर हिस्सा रहेकाले उनलाई पनि बयानमा बोलाउने सीआईबीको तयारी थियो । बयानका लागि सीआईबीले बोलाउने तयारी गरिरहेका बेला उनी दिल्लीतिर लागेका छन् । आफूमाथिको अनुसन्धान रोक्न उनले विभिन्न शक्तिकेन्द्रबाट दबाब दिइरहेको सीआईबी स्रोतको छ।

चौधरीको नाममा २०० कित्ता शेयर देखिएपछि सीआईबीले उनीसँग बयान लिने तयारी थालेको थियो । जग्गा हत्याउने मुख्य योजनाकार नै विनोद भएको अनुसन्धानबाट देखिएकाले हिजोका दिनमा मन्त्री र पूर्व प्रधानमन्त्रीको समेत बयान लिएकोले जतिसुकै दबाब आए पनि सीआईबी बिनोद चौधरिलाइ बयान लिने बताएको छ।