समाचार

    Showing 17,681-17,690 of 25,912 items.
  • स्कारपियोले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    काठमाण्डौ । दाङमा भएको सवारी दुर्घटनामा बुधवार राप्ती गाउँपालिका–८ पिपरीमा स्कारपियो गाडीले साइकललाई ठक्कर दिँदा प्युठान झिमरुक गाउँपालिका–१ घर भएका दुई दिदीबहिनीको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार हाल राप्ती गाउँपालिका–८ बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको घटनास्थलमा र साइकलको पछाडि बहिनी वर्ष १६ की विपना केसीको उपचारका क्रममा मृत्यु भएको हो ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–८ पिपरीनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१०२२ च १३६९ नम्बरको स्कारपियोले सोही दिशा भएर गुडिरहेको साइकललाई ठक्कर दिएको थियो ।मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । गाडी

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 242 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहको छ।दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहि सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।राती कोशी र मधेस प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतय

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 249 पटक पढिएको
  • कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि

    काठमाडौँ । ईपीएस कोरिया भाषा शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुने जनाएको छ ।परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ ।परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ।सन् २०२३ का लागि उत्पादनमूलक क्षेत्रतर्फका लागि आवेदन आह्वान गरिएको थियो । जसमा १ लाख ६४ हजार ७१६ जनाले आवेदन

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 166 पटक पढिएको
  • शुद्धीकरणले बैकलाई माग्यो, रवि लामिछाने र जीबी राईको खाताको सम्पूर्ण विवरण

    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी (गितेन्द्रबाबु) राईमाथि छानबिन सुरु गरेको छ ।राई सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशकको भूमिकामा थिए । पछिल्लो समय राई र रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत सहकारी ठगीको विषयमा उजुरी परेको छ ।लामिछाने र विभिन्न सहकारीबाट बचतकर्ताको बचत अपचलन गरेका टेलिभिजनका सञ्चालक राईमाथि विभागले अनुसन्धान सुरु गरेको हो ।विभागले लामिछाने र राईको सम्पत्ति छानबिन गर्नका लागि सञ्चालकन रहेका २० वटा वाणिज्य बैंकलाई पत्राचार गरेको छ ।

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 275 पटक पढिएको
  • क्यानाडामा भएको दुर्घटनामा २ जना नेपाली विद्यार्थीको मृत्यु

    काठमाडौं  । क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको अन्टारियोमा रहेका नेपाली बेनुपराज भट्टराईले जानकारी दिनुभयो ।त्यहाँ रहेका नेपालीले दुर्घटनामा पर्नेहरू उच्च शिक्षा अध्ययन गर्न पुगेका नेपालीहरु रहेको उल्लेख गरेका छन् । घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था सिकिस्त रहेको जनाइएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सो

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 183 पटक पढिएको
  • राष्ट्रपति पौडेल आज श्रीमद् भागवत ज्ञान महायज्ञ उद्घाटनका लागि फिदिम जाँदै

    काठमाण्डौ  ।  राष्ट्रपति रामचन्द्र पौडेल आज पाँचथर सदरमुकाम फिदिम जाँदैछन । पाँचथर बहुमुखी क्याम्पसमा हुने श्रीमद् भागवत ज्ञान महायज्ञ तथा पाँचथर आध्यात्मिक महोत्सव उद्घाटनका लागि पौडेल पाँचथर जान लागेका हुन् । उनी एक बजे पाँचथर पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले महायज्ञ उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् । राष्ट्रपति आउने कार्यक्रम भएकाले सुरक्षा व्यवस्थ कडा बनाइएको छ । नेपाली सेनाको टोली केही दिनअघि नै फिदिम पुगेको छ । राष्ट्रपति पौडेल महायज्ञमा सहभागी भएर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 194 पटक पढिएको
  • जीप दुर्घटनामा १० जनाको मृत्यु

    काठमाण्डौ । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ। आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो। मृतक सबैको पहिचान खुलेको छ। मङ्गलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन।तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मङ्गलवार साँझ दुर्घटना भएको थियो। आफैँ अनियन्त्रित भएर जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।दुर्घटनामा मृत्यु हुनेमा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ–६ का ३९ वर्षीय रामबहादुर

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 591 पटक पढिएको
  • ललितानिवास जग्गा प्रकरण : चार वर्षपछि आज फैसलाको तयारी

    काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाएर अनियमितता गरेको मुद्दामा विशेष अदालतले आज फैसला सुनाउने भएको छ ।मंगलबार दुवैतर्फ र जवाफी बहससमेत सकिएपछि बुधबार फैसलाको तयारी भएको हो । सरकारले अधिग्रहण गरिसकेको ११२ रोपनी जग्गा अनधिकृतरूपमा व्यक्तिको नाममा गरी गैरकानुनी लाभ लिने १७५ जनाविरुद्धको मुद्दामा एक महिनादेखि चलेको बहस मंगलबार सकिएको थियो ।ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री, उच्च अधिकारी र भूमाफिया तथा जग्गा खरिदकर्तासहित १७५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो।पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहर

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 599 पटक पढिएको
  • आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै

    काठमाडौँ । आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । विश्वभर प्रेम साटासाट गरी मनाइँदैछ । विशेष गरी प्रेमीप्रेमिकाहरूले आजको दिनलाई विशेषरुपमा मनाउने गर्दछन् । युवा पुस्तामाझ यो दिनप्रति विशेष आकर्षण छ । भ्यालेन्टाइन-डेका रूपमा नयाँ प्रेमी प्रेमिकाले यो दिनलाई विशेषरुपमा मनाउने गर्दछन् । प्रेम प्रस्ताव गर्ने, प्रेमको औपचारिक शुभारम्भ गर्ने वा उपहार आदान प्रदान गरेर यो दिनलाई मनाउने गरेको पाइन्छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भ्यालेन्टाइन-डे मनाउने गरिएको हो । 

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 699 पटक पढिएको
  • मिटरब्याज पीडित र स्थानीयबीच झडप, दुई दर्जन घाइते

    काठमाण्डौ । मकवानपुरमा न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच झडप भएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा भएको झडपमा २१ जना घाइते भएका छन् ।मिटरब्याजको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरू गत १६ गतेबाट पूर्वको काँकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्चमा निस्किएका हुन् । यसै क्रममा काँकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक समूहसँग विवाद भएको थियो ।मिटरब्याज तथा ठगीविरुद्ध किसान सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाहका अनुसार गाडी राखेर बाटो अवरोध गरेपछि विवाद सुरु भएको हो । त्यसक्रममा झडप भएको उनले बताए । घटन

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 315 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.