काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी (गितेन्द्रबाबु) राईमाथि छानबिन सुरु गरेको छ ।

राई सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशकको भूमिकामा थिए । पछिल्लो समय राई र रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत सहकारी ठगीको विषयमा उजुरी परेको छ ।लामिछाने र विभिन्न सहकारीबाट बचतकर्ताको बचत अपचलन गरेका टेलिभिजनका सञ्चालक राईमाथि विभागले अनुसन्धान सुरु गरेको हो ।

विभागले लामिछाने र राईको सम्पत्ति छानबिन गर्नका लागि सञ्चालकन रहेका २० वटा वाणिज्य बैंकलाई पत्राचार गरेको छ ।सुद्धीकरण विभागले बैंकलाई पत्राचार गर्दै दुवै जनाको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन भनेको छ।

विभागले बैंकहरुलाई लेखेको पत्रमा भनिएको छ,‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी कसुरको जाँचबुँझको सिलसिलामा आवश्यक परेको हुँदा तहाँ बैंकहरुकमा निम्न व्यक्तिहरुको नाममा कुनै किसिमको खाता छ, छैन ? भए के कुन प्रकारको खाता रहेको छ ? खाता विवरण, खाता खोल्दाको बखत पेश भएको कागजानहरु र हालको मौज्दात समेतको सफ्ट कपी एक्सेल सिट मा यस विभागको इमेल ठेगाना मार्फत अनिवार्य रुपमा पठाई दिनुहुन अनुरोध गरिएको छ । साथै निजहरुले त्यहाँ बैंकहरुबाट ऋण लिएको भए सोको विवरण तथा ऋण लिँदा पेश गरेको सम्पूर्ण कागजानहरुको प्रमाणित प्रतिलिपी समेत यस विभागको इमेल ठेगानामा पठाई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।’

रवि र जिबी जोडिएको सहकारीको फाइल अहिले केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । सहकारी ठगीमा संलग्न रहेका राईविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ । रवि र जिबी जोडिएको सूर्यदर्शन सहकारीले कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।FB_IMG_1707912114717Screenshot_2024_0214_175041