काठमाण्डौ । दाङमा भएको सवारी दुर्घटनामा बुधवार राप्ती गाउँपालिका–८ पिपरीमा स्कारपियो गाडीले साइकललाई ठक्कर दिँदा प्युठान झिमरुक गाउँपालिका–१ घर भएका दुई दिदीबहिनीको ज्यान गएको हो ।Screenshot_2024_0215_031105

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार हाल राप्ती गाउँपालिका–८ बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको घटनास्थलमा र साइकलको पछाडि बहिनी वर्ष १६ की विपना केसीको उपचारका क्रममा मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–८ पिपरीनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१०२२ च १३६९ नम्बरको स्कारपियोले सोही दिशा भएर गुडिरहेको साइकललाई ठक्कर दिएको थियो ।

मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । गाडी प्रहरी नियन्त्रणमा भएपनि चालक भने फरार छन् ।