काठमाडौँ । आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । विश्वभर प्रेम साटासाट गरी मनाइँदैछ । विशेष गरी प्रेमीप्रेमिकाहरूले आजको दिनलाई विशेषरुपमा मनाउने गर्दछन् । 

युवा पुस्तामाझ यो दिनप्रति विशेष आकर्षण छ । भ्यालेन्टाइन-डेका रूपमा नयाँ प्रेमी प्रेमिकाले यो दिनलाई विशेषरुपमा मनाउने गर्दछन् । प्रेम प्रस्ताव गर्ने, प्रेमको औपचारिक शुभारम्भ गर्ने वा उपहार आदान प्रदान गरेर यो दिनलाई मनाउने गरेको पाइन्छ । 

OM Sai Pathibhara Hospital

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भ्यालेन्टाइन-डे मनाउने गरिएको हो ।