समाचार

    Showing 17,591-17,600 of 25,912 items.
  • तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री

    काठमाडौं  । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन।शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिए।बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ।नय

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 211 पटक पढिएको
  • रौतहटमा जग्गाको बिबादले दुईपक्षीय झडप हुदा एक जनाको मृत्यु

    सर्लाही । रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिका स्थित जग्गाको बिषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन्।दुर्गा भगवती २ भलोहिया स्थित भएको दुईपक्षीय झडपमा स्थानिय बर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्गा भगवती २ भलोहिया हाल पिपरा सिमानामा बस्दै गरेका ४० बर्षिय जयप्रकाश दास र सोही स्थानका ५० बर्षिय चन्देश्वर महतो बीच शुक्रवार अपरान्ह झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए। लडेर अचेत भएका जयप्रकाश गाउँमा सामान्य उपचार पछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।ह

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 245 पटक पढिएको
  • थापाथलीस्थित परोपकार प्रसूति गृहबाट हराएको बच्चा काँडाघारीमा फेला

    काठमाडौँ ।  थापाथलीस्थित परोपकार प्रसूति गृहबाट हराएको २६ दिनको शिशु काँडाघारीमा फेला परेको छ । बच्चा लिएर जाने महिलालाई प्रहरीले नियन्त्रण गरेको छ ।थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् ।शुक्रबार राति ११:४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 477 पटक पढिएको
  • मोटरसाइकल चोरी गरेर ताप्लेजुङ पुर्याउँदै बिक्री गर्ने गिरोह पक्राउ

    झापा । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर  ताप्लेजुङ लगेर विक्री गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले झापा जिल्ला स्थितबाट मोटरसाइकलहरु चोरी गरी ताप्लेजुङ जिल्लाको बिभिन्न स्थानमा बेचबिखन गर्ने जिल्ला मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.६ घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं.६ बुट्टाबारी बस्ने बर्ष २७ को योगेश मगर भन्ने बाल कुमार मगरलाई नियन्त्रणमा लिएको छ। अनुसन्धान गर्ने क्रममा मगरले चोरी गरी ताप्लेजुङको बिभिन्न स्थानमा बेचबिखन गरेका ८ वटा मोटरसाइकलहरुलाई जिल्लाप्रहरी कार्यलय मातहतका विशेष टोलिले

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 421 पटक पढिएको
  • झापा प्रहरीले २ दिनमै समात्यो १८ फरार अपराधी

    काठमाडौं । यतिबेला झापा प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।जिल्ला अदालतको बेरुजु फछ्र्यौट गर्न र फैसला कार्यान्वायन गराउन जिल्ला प्रहरी कार्यालय, झापाले दुई दिनमा १८ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । उनीहरुलाई अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । पक्राउ पर्नेमा सवारी ज्यान, लागुऔषध, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, भ्रष्टाचार र गाली बेइज्जती मुद्दासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 259 पटक पढिएको
  • आमा बनिन् अभिनेत्री रेखा थापा

    काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । अमेरिकाको कोलोराडोको एक अस्पतालमा उनले छोरीलाई जन्म दिएकी हुन् ।सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अभिनेत्री थापाले यसबारे जानकारी दिएकी हुन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 225 पटक पढिएको
  • कल बाइपास गर्ने उपकरणसहित दुइ जना पक्राउ

    काठमाडौं । अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) गरेको आरोपमा २ जना उपकरणसहित पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्साको मधुवनका ३७ वर्षीय विशाल शाह कलवार र रुपन्देहीका २५ वर्षीय इमरान अहमद खानलाई पक्राउ गरेको हो ।उनीहरुलाई पोखराबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार उनीहरुको साथबाट भीओआईपी पोर्ट २ वटा, वर्ल्डलिंक राउटर एउटा, एनसेलका प्रयोग नभएका सिम २०९ वटा बरामद गरिएकाे छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 316 पटक पढिएको
  • विमानस्थलमा नेपाल टेलिकमको फ्री वाइफाइ

    काठमाडौं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।सो सहमतिपत्रमा टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र प्राधिकरणका तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् ।सहमतिअनुसार टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाइ नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा चरणबद्ध रुपमा फ्री वाइफाइ

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 422 पटक पढिएको
  • गैरजिम्मेवार नेतालाई कसले सजाय दिने : भीम उपाध्याय

    काठमाडौँ । पूर्व सचिव भीम उपाध्यायले राजनीतिक दलका नेताहरूको गैरजिम्मेवारीपनप्रति प्रश्न उठाएका छन् । उनले नेतालाई सजाय कसले दिने भनेर प्रश्न पनि गरे ।मेलम्ची खानेपानी भ्रष्टाचारमा मुछिएपछि उनले प्रधानमन्त्री र मन्त्रीहरूप्रति आक्रोश पोख्दै नेतालाई कसले सजाय दिने भन्दै प्रश्न गरेका हुन् । आफू खानेपानी मन्त्रालयको सचिव हुँदा तत्कालीन प्रधानमन्त्री, मन्त्रीलगायत विभिन्न पदमा रहेका अधिकारीहरूकै सल्लाहमा मेलम्ची खानेपानी आयोजनामा काम गरेको र सल्लाहबमोजिम गरिएको कामकै कारण अहिले भ्रष्टाचारको आरोप लागेको उपाध्यायले बताए ।उपाध्यायले फेसबुकमा लेखेका छन् :म मेरा खानेपानी मन्त्रालयका तत्कालीन मन्त्रीहरू

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 306 पटक पढिएको
  • मार्चमा प्रहरीले अवरोध पुर्‍याएपछि उनीहरू सडकमै बसेर प्रदर्शनमा उत्रिए

    काठमाडौँ । मिटरब्याजी साहुबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २५ दिनदेखि पैदल मार्च गर्दै काठमाडौंँआइपुगेका मिटरब्याजपीडितहरुले शुक्रबार थानकोट-सिंहदरवार पैदल मार्च गरेका छन् । प्लेकार्ड र नाराबाजीसहित पैदलमार्च गरेर सिंहदरबारतर्फ लम्किरहेका उनीहरूलाई प्रदर्शनीमार्गस्थित पर्यटन बोर्ड नजिकै प्रहरीले रोकेको छ । मार्चमा प्रहरीले अवरोध पुर्‍याएपछि उनीहरू सडकमै बसेर प्रदर्शनमा उत्रिएका छन् । कोही भुँइमै सुतेका छन् भने कोही न्याय पाउनुपर्ने भन्दै रोइरहेका छन् । उनीहरूले सरकारले आफूहरूलाई न्याय दिनुपर्ने भन्दै नाराबाजी समेत गरिरहेका छन् । उनीहरूले गत माघ

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 373 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.