काठमाडौँ । मिटरब्याजी साहुबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २५ दिनदेखि पैदल मार्च गर्दै काठमाडौंँआइपुगेका मिटरब्याजपीडितहरुले शुक्रबार थानकोट-सिंहदरवार पैदल मार्च गरेका छन् । 

प्लेकार्ड र नाराबाजीसहित पैदलमार्च गरेर सिंहदरबारतर्फ लम्किरहेका उनीहरूलाई प्रदर्शनीमार्गस्थित पर्यटन बोर्ड नजिकै प्रहरीले रोकेको छ । मार्चमा प्रहरीले अवरोध पुर्‍याएपछि उनीहरू सडकमै बसेर प्रदर्शनमा उत्रिएका छन् । कोही भुँइमै सुतेका छन् भने कोही न्याय पाउनुपर्ने भन्दै रोइरहेका छन् ।

OM Sai Pathibhara Hospital

उनीहरूले सरकारले आफूहरूलाई न्याय दिनुपर्ने भन्दै नाराबाजी समेत गरिरहेका छन् । उनीहरूले गत माघ १६ गते पूर्व र पश्चिमबाट एकैसाथ पैदलमार्च थालेका थिए ।