झापा । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर  ताप्लेजुङ लगेर विक्री गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाले झापा जिल्ला स्थितबाट मोटरसाइकलहरु चोरी गरी ताप्लेजुङ जिल्लाको बिभिन्न स्थानमा बेचबिखन गर्ने जिल्ला मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.६ घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं.६ बुट्टाबारी बस्ने बर्ष २७ को योगेश मगर भन्ने बाल कुमार मगरलाई नियन्त्रणमा लिएको छ। अनुसन्धान गर्ने क्रममा मगरले चोरी गरी ताप्लेजुङको बिभिन्न स्थानमा बेचबिखन गरेका ८ वटा मोटरसाइकलहरुलाई जिल्लाप्रहरी कार्यलय मातहतका विशेष टोलिले खोजतलास गरी फेला पारेको छ। FB_IMG_1708729097729

OM Sai Pathibhara Hospital

झापाबाट मोटरसाइकल चोरी गर्नेहरुले रु.२० देखि ४० हजारमा विक्री गर्ने गरेको खुलेको छ । ताप्लेजुङमा सोही मोटरसाइकलहरु रु. ८० हजार देखि एक लाखसम्म विक्री भइरहेको प्रहरीले जनाएको छ । सबै मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको छ ।

चोरी गरिएका मोटरसाइकलको नम्बर प्लेट मेटाएर पहाडी जिल्लामा पुर्याएर बिक्री गर्न गिरोह सक्रिय रहेको प्रहरिको भनाई छ। फेला परेको मोटरसाइकलहरू प्र–१–०३–००५प ८०४३ नम्बरको २२० सिसीको कालोपल्सर, प्र–१–०१–०१६ प १२६ नम्बरको २२० सिसीको कालो निलो पल्सर, प्र–१–०२–०४८ प ३२३७ नम्बरको २२० सिसीको रातो सेतो पल्सर, नम्बर प्लेट उल्लेख नभएको २२० सिसीको कालो रातो पल्सर, को ३९ प १८८४ नम्बरको १५० सिसीको कालो निलो पल्सर, ०१४ प ३१ नम्बर उल्लेख भएको एनएस र बा ७२ प १९९१ नम्बर भएको १५० सिसीको रहेको प्रहरीले जनाएको छ।