काठमाडौं । यतिबेला झापा प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।


OM Sai Pathibhara Hospital

जिल्ला अदालतको बेरुजु फछ्र्यौट गर्न र फैसला कार्यान्वायन गराउन जिल्ला प्रहरी कार्यालय, झापाले दुई दिनमा १८ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । उनीहरुलाई अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । पक्राउ पर्नेमा सवारी ज्यान, लागुऔषध, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, भ्रष्टाचार र गाली बेइज्जती मुद्दासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ ।


आपराधिक घटनामा संलग्न भई समाजमा निस्फिक्री हिँड्ने प्रवृत्ति अन्त्य गर्न चलाइएकोमा १८ जना अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन वा कानुनी दायराबाट उम्कन सकिदैन भन्ने सन्देश झापा प्रहरिले चलाएको अभियानले दिएको छ। दोषी ठहर भएका तर सजाए नभोगेका अपराधीलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउने प्रहरी उपरीक्षक मिलन केसीले बताएका छन उनले झापा जिल्लाको कमाण्ड गरेको एक साता मात्र भएको छ ।