समाचार

    Showing 17,401-17,410 of 25,912 items.
  • स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

    सर्लाही ।  महोत्तरीको मटिहानी बसपार्कबाट स्रोत नखुलेको नगद सहित धनुषका एक जना पक्राउ परेको छ।मटिहानी नगरपालिका-७ बसपार्कबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार ८ सय ४० रूपैयाँसहित धनुषा जनकपुर उपमहानगरपालिका-२५ लोहना बस्ने ६४ वर्षीय महम्द वसिरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 195 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।अहिले बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ।दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्क

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 274 पटक पढिएको
  • पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँले बढ्यो

    काठमाडौँ  । नेपाल आयल निगमको आइतबार बसेकाे निगम व्यवस्थापन बैठकले पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँले बृद्धि गरेको छ । अन्य पेट्राेलियम पदार्थको मूल्य भने यथावत रहेको छ ।निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ४ रुपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।तर निगमल

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 299 पटक पढिएको
  • पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँले बढ्यो

    काठमाडौँ  । नेपाल आयल निगमको आइतबार बसेकाे निगम व्यवस्थापन बैठकले पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँले बृद्धि गरेको छ । अन्य पेट्राेलियम पदार्थको मूल्य भने यथावत रहेको छ ।निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ४ रुपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 176 पटक पढिएको
  • प्रहरीले लागुऔषध कारोबारीलाई समाउन पाँच राउण्ड गोली प्रहार

    चपुर  ।   सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा प्रहरीले लागुऔषध कारोबारीलाई समाउन पाँच राउण्ड गोली प्रहार गरेको छ।शनिबार साँझ ६ बजेर ४५ मिनेटमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी चाँैकी क्यानेश्वर र ईलाका प्रहरी कार्यालय कपिलाकोटको ११ जनाको संयुक्त टोलीले पाँच राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित भुताहा शिरमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन पाँच राउण्ड गोली प्रहार गरेपनि मानविय क्षति नभएको सिन्धुली प्रहरीले बताएको छ । विशेष सुचनाको आधारमा प्रहरी गस्ती टोलीले पुर्वबाट पश्चिम तर्फ ४÷५ जना व्यक्तिहरुले बोर

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 258 पटक पढिएको
  • मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

    झापा  ।  झापाको कन्काई नगरपालिका- ८ बिरिङपुल स्थितमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ४ बजे लक्ष्मिपुरबाट सुरुङ्गातर्फ जादै गरेको प्रदेश-१-०१-०१२प ५७७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मेचिनगर- ९ का ३८ बर्षीय गोपाल महत, मोटरसाईकलमा पछाडी सवार कमल गाँउपालिका- ३ की २७ बर्षीया पुर्णिमा भण्डारी निजको छोराहरु ८ बर्षीय प्रशान्त भण्डारी र ८ महिनाको प्रशान भण्डारी घाईते भएका थिए । दुर्घटनामा परी घाईते भएका ८ बर्षीय प्रशान्त भण्डारीको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो भने घाईते अन्यहरुको सोहि अस्प

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 182 पटक पढिएको
  • कारागारभित्र एक कैदीबन्दीको मृत्यु

    मोरङ  ।   सुनसरीको झुम्का कारागारभित्र ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ।पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको शनिबार करागारभित्रै मृत्यु भएको हो।कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन्। कारागारमा भाईको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने मृत्तकका दाई सुभाष राईले माग गरेका छन। न्यायधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतककी भाउजु उर्मिला राईले दाबी गरेकि छिन। कैदीबन्दी राईक

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 346 पटक पढिएको
  • आगामी निर्वाचनमा विदेशमा रहने नेपालीले मतदान गर्न पाउँछन्:-प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् ।गएराति संसारभरिका माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भइरहेको बताए ।गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी वैशाख २ गते अदालतको फैसलापछि निर्णय गरिने उनको भनाई छ ।

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 346 पटक पढिएको
  • संवैधानिक परिषदको बैठक बस्दै

    काठमाडौं । आज संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।बैठकमा रिक्त रहेका संवैधानिक पदमा नियुक्तिबारे छलफल हुनेछ । अहिले महालेखा परीक्षकसहित विभिन्न संवैधानिक निकायमा पद रिक्त रहेको अवस्था छ ।नियुक्तिकै विषयमा प्रधानमन्त्री प्रचण्डले शनिबार विपक्षी दलका नेता शेरबहादुर देउवा र सत्ता साझेदार दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । उक्त छलफल सकारात्मक बनेको बताइएको थियो ।प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 246 पटक पढिएको
  • चट्याङ लागेर बालिकाको मृत्यु

    काठमाण्डौ  । भैरवी गाउँपालिका–७ पानिपोखरीमा शनिबार दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको छ ।चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख दीपक मगराठीले बताए ।चट्याङ लागेर एउटा खसीसमेत मरेको जनाइएको छ । दैलेखमा शनिबार दिउँसो ५ बजेतिर हावाहुरीसहित पानी परेको थियो।

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 253 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.