काठमाडौँ  । नेपाल आयल निगमको आइतबार बसेकाे निगम व्यवस्थापन बैठकले पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँले बृद्धि गरेको छ । अन्य पेट्राेलियम पदार्थको मूल्य भने यथावत रहेको छ ।

निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ४ रुपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।IMG-20240326-WA0000 6

OM Sai Pathibhara Hospital

तर निगमलाई ग्यासमा अझै पनि २९६ रुपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ। डिजेल र मट्टितेलको भाउ पनि यथावत छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।

तर निगमलाई ग्यासमा अझै पनि २९६ रुपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको छ भने डिजेल र मट्टितेलको भाउ पनि यथावत छ।Screenshot_2024_0331_204811