सर्लाही ।  महोत्तरीको मटिहानी बसपार्कबाट स्रोत नखुलेको नगद सहित धनुषका एक जना पक्राउ परेको छ।IMG-20240326-WA0001

मटिहानी नगरपालिका-७ बसपार्कबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार ८ सय ४० रूपैयाँसहित धनुषा जनकपुर उपमहानगरपालिका-२५ लोहना बस्ने ६४ वर्षीय महम्द वसिरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

OM Sai Pathibhara Hospital

प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।