झापा  ।  झापाको कन्काई नगरपालिका- ८ बिरिङपुल स्थितमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।IMG-20240326-WA0001 1

OM Sai Pathibhara Hospital

हिजो दिउँसो साढे ४ बजे लक्ष्मिपुरबाट सुरुङ्गातर्फ जादै गरेको प्रदेश-१-०१-०१२प ५७७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मेचिनगर- ९ का ३८ बर्षीय गोपाल महत, मोटरसाईकलमा पछाडी सवार कमल गाँउपालिका- ३ की २७ बर्षीया पुर्णिमा भण्डारी निजको छोराहरु ८ बर्षीय प्रशान्त भण्डारी र ८ महिनाको प्रशान भण्डारी घाईते भएका थिए । 

दुर्घटनामा परी घाईते भएका ८ बर्षीय प्रशान्त भण्डारीको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो भने घाईते अन्यहरुको सोहि अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।