चपुर  ।   सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा प्रहरीले लागुऔषध कारोबारीलाई समाउन पाँच राउण्ड गोली प्रहार गरेको छ।

शनिबार साँझ ६ बजेर ४५ मिनेटमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी चाँैकी क्यानेश्वर र ईलाका प्रहरी कार्यालय कपिलाकोटको ११ जनाको संयुक्त टोलीले पाँच राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।IMG-20240326-WA0000 6

OM Sai Pathibhara Hospital

जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित भुताहा शिरमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन पाँच राउण्ड गोली प्रहार गरेपनि मानविय क्षति नभएको सिन्धुली प्रहरीले बताएको छ । विशेष सुचनाको आधारमा प्रहरी गस्ती टोलीले पुर्वबाट पश्चिम तर्फ ४÷५ जना व्यक्तिहरुले बोरामा नाम्लो लगाई गाँजा वोकी ल्याउदै गरेको खबर प्राप्त गरेको थियो ।

सुराकि पाएपछि चेकजाँचका क्रममा चारवटा बोरामा अन्दाजि ७० के.जी. गाँजा सहित हरिहरपुरगढी गाउँपालिका वडा नं.७ का २४ वर्षिय विच बहादुर वाईवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त लागुऔषध सहित मानिस नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा ३०३ राईफलबाट ५ (पाँच) राउण्ड फायर गरिएको र अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको सिन्धुली प्रहरीले बताएको छ ।