समाचार

    Showing 17,351-17,360 of 25,912 items.
  • नेपाली सेनाले पदपूर्तिका लागि दरखास्त आह्वान गर्यो

    काठमाण्डौ । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।भर्ना छनोट निर्देशनालय जंगी अड्डाले विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो। सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो ।नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 317 पटक पढिएको
  • बुवाले गरे आफ्नै छोरीको हत्या

    काठमाडौ । बुटवलमा फलामे रड प्रहरी गरी एक बुवाले आफ्नै छोरीको हत्या गरेका छन् । रूपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवा घर भएका ४८ वर्षीय नारायणबहादुर जिसीले आफ्नै १७ वर्षीया छोरी अन्जलीको हत्या गरेका हुन् । उनले बुटवल उपमहानगरपालिका–९ इटाभट्टीस्थित  एक होटेलमा बुधबार साँझ छोरीको हत्या गरेको प्रहरीले जनाएको छ । साथीलाई भेटन हिँडेकी छोरी साँझसम्म घर ​नफर्केपछि नारायण छोरी खोज्न बुटवल आएका थिए । बुटवलमा छोरी भेटेपछि उनीहरू होटेलमा बसेको प्रहरीले जनाएको छ । बाबु नारायणको प्रारम्भिक बयानअनुसार अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनेर घरबाट हिँडेकी थिइन् । बुवा नारायणले घर जाऊ भन्दा छोरीले न

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 300 पटक पढिएको
  • कोशीका मुख्यमन्त्री कार्की विरुद्धको संकल्प प्रस्ताव

    काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की विरुद्धको संकल्प प्रस्ताव पारित भएको छ।प्रदेशको विशेष अधिवेशनबाट कार्कीले वैशाख २५ सम्म राजीनामा दिनुपर्ने या विश्वासको मत लिनुपर्ने ब्यहोरा सहितको संकल्प प्रस्ताव पारित भएको हो।प्रदेशको विशेष अधिवेशनबाट कार्कीले वैशाख २५ सम्म राजीनामा दिनुपर्ने या विश्वासको मत लिनुपर्ने ब्यहोरा सहितको संकल्प प्रस्ताव पारित भएको हो। प्रस्तावको पक्षमा ५२, विपक्षमा शून्य र तटस्थमा ३ मत परेको थियो। ध्वनी मतबाट भएको विभाजनमा एमाले, माओवादी र जसपाका सांसदहरूले संकल्प प्रस्तावको पक्षमा उभिएका थिए। काँग्रेसका सांसदहरू भने विपक्षमा नउठेपछि प्रस्तावको विपक्षम

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 267 पटक पढिएको
  • लैनचौरस्थित स्काउटको हडपिएको जग्गा र भवन सरकारको नियन्त्रणमा

    काठमाण्डौ  ।   लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गएराति सिल गरी नियन्त्रणमा लिएको छ ।काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, लैनचौर प्रहरी वृत्तका डीएसपी सत्यनारायण थापा र काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ख्याम तिवारी लगायतको टोलीले उक्त जग्गा भएको क्षेत्रमा सिलबन्दी गरी नियन्त्रणमा लिएको हो ।लिजको म्याद सकिए पनि निजी कम्पनीले भोगचलन गरिरहेको स्काउटको लैनचौरस्थित जमिनमा बनेका संरचनामा जिल्ला प्रशासन कार्यालयले सिल गर्दै छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन पछि प्रहरीको सहयोगमा जिल्ला प्रशास

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 342 पटक पढिएको
  • भारतमा पहिलो चरणको लोकसभा निर्वाचन आजबाट

    काठमाण्डौ । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने छ।आज भारतका २१ राज्यसहित केन्द्र शासित प्रदेशका १०२ लोकसभा सिटका लागि मतदान हुँदैछ । सात चरणमा निर्वाचन हुने भए पनि पहिलो चरणमा १०२ सिटमा मतदान भएपछि कसको सरकार बन्ने भन्ने रूपरेखा तयार हुने भएको छ । १०२ लोकसभा सीटहरूमा कुल १६२५ उम्मेदवारहरूले आफ्नो भाग्य दाउँमा राखेका छन् ।पहिलो चरणमा नरेन्द्र मोदीको मन्त्रिपरिषद्का आठ सदस्य, तीन पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपालको चुनावी भाग्य तय हुनेछ ।पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 456 पटक पढिएको
  • एनआईसी एशिया बैंकको नाफा ५२ प्रतिशतले घट्यो

    काठमाडौं । एनआईसी एशिया बैंकको नाफा ५२ प्रतिशतले घटेको छ।बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नाफा १ अर्ब ९१ करोड छ । गतवर्ष चैत मसान्तसम्म बैंकको नाफा ४ अर्ब १ करोड थियो । ब्याज आम्दानी घटेको तथा अन्य सञ्चालन नाफा घटेको र खराब ऋण बढ्दा एनआईसी एसियाको नाफा घटेको छ ।बैंकको खराब कर्जा अनुपात ३.०८ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्ष ०.८५ प्रतिशत थियो । जसले गर्दा चैत मसान्तसम्मको वितरण योग्य नाफा १ अर्ब ७२ करोडले ऋणात्मक भएको छ । चैत मसान्तमा बैंकमा ३ खर्ब २७ अर्ब निक्षेप छ भने २ खर्ब ७७ अर्ब कर्जा दिएको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 417 पटक पढिएको
  • बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गर्यो पाँच निर्णय

    काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सचिवमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।१. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाग्मती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई कायम मुकायम मुकर्रर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने ।२. स्वास्थ्य त

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 271 पटक पढिएको
  • त्रिभुवन विमानस्थलमा बेवारिसे अवस्थामा सुन फेला

    काठमाडौँ  ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ।बुधवार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट 6E1151को इन्डिगो एयरको सिट नं २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिएका छन। बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरु दुई, सिक्री जोड्ने स–साना रिङ दुई फेला परेको छ, सोको क

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 448 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेशको पहाडी  भू–भागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ।राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 263 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.