काठमाण्डौ  ।   लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गएराति सिल गरी नियन्त्रणमा लिएको छ ।

काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, लैनचौर प्रहरी वृत्तका डीएसपी सत्यनारायण थापा र काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ख्याम तिवारी लगायतको टोलीले उक्त जग्गा भएको क्षेत्रमा सिलबन्दी गरी नियन्त्रणमा लिएको हो ।IMG-20240326-WA0001 3लिजको म्याद सकिए पनि निजी कम्पनीले भोगचलन गरिरहेको स्काउटको लैनचौरस्थित जमिनमा बनेका संरचनामा जिल्ला प्रशासन कार्यालयले सिल गर्दै छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन पछि प्रहरीको सहयोगमा जिल्ला प्रशासन कार्यालयले सिल गर्न लागेको हो । प्रशासन विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माको नेतृत्वमा सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिहरूसहितको टोली लैनचौरका लागि हिँडेको छ । 

OM Sai Pathibhara Hospital

नेपाल स्काउटको केन्द्रीय कार्यालय लैनचौरस्थित ३ रोपनी जग्गा भाडामा लिएका सांसद तथा काँग्रेस केन्द्रीय सदस्य दीपक खड्काले आसपासको थप ९ रोपनी जग्गा १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा उठाउँदै आएको बताइएको छ । स्काउटको सम्पत्ति खाली गर्न अदालतले दिएको आदेशसमेत सरकारले कार्यान्वयन गर्न सकिरहेको थिएन । सङ्खुवासभाबाट निर्वाचित सांसद खड्कालाई पाटन उच्च अदालतले दुई वर्षअघि स्काउटलाई फिर्ता गर्नु भनी फैसला गरेको थियो । 

खड्का सञ्चालक रहेको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएकोमा २०७५ मै सम्झौताको म्याद सकिए पनि सम्झौताअनुसार भाडाबापतको करोडौँ रकमसमेत भुक्तानी नगरेको देखिएको प्रशासन कार्यालयले जनाएको छ । ५ रोपनीमा बैङ्केट र रेस्टुरेन्टको संरचना फैलाउँदै बाँकी करिब ७ रोपनी जग्गामा सशुल्क पार्किङ राखिएको छ । उनले पौने सात करोड रुपैयाँ तिर्न बाँकी देखिएको छ । 

युवा तथा खेलकुद मन्त्रालयले ‘सम्झौता नगरी अनधिकृत व्यक्ति सङ्घसंस्थाले जग्गा कब्जा गरेर स्थायी संरचना निर्माण गरी सक्दासमेत कारबाही नगर्ने नेपाल स्काउटका पदाधिकारीलाई कारबाही गर्न’ २०७५ को मंसिर २८ मा पत्राचार गरेकोमा स्काउटले २०७५ माघ १० मा प्रालिलाई जग्गा खाली गराउन निर्देशन दिएको थियो । त्यससँगै स्काउटको उक्त जग्गासम्बन्धी विवाद जिल्ला अदालत काठमाडौँ हुँदै उच्च अदालत पाटनसम्म पुगेको थियो । 

काठमाडौँ जिल्ला अदालतले कम्पनीकै पक्षमा आदेश दिएकोमा उच्च अदालत पाटनले २०७९ असार १३ मा जिल्लाको आदेश बदर गर्दै स्काउटको पक्षमा फैसला गरेको थियो । खड्का ल्यान्ड प्रालिका सञ्चालक सांसद खड्काले आफूले पहिले नै कम्पनी छोडिसकेको बताएका छन् । ‘म सँग कम्पनी नै छैन, अस्ति नै निवेदन दिएर छोडिसकेको छु’ खड्काले प्रशासनसँग भने ।