काठमाडौं । एनआईसी एशिया बैंकको नाफा ५२ प्रतिशतले घटेको छ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नाफा १ अर्ब ९१ करोड छ । गतवर्ष चैत मसान्तसम्म बैंकको नाफा ४ अर्ब १ करोड थियो । ब्याज आम्दानी घटेको तथा अन्य सञ्चालन नाफा घटेको र खराब ऋण बढ्दा एनआईसी एसियाको नाफा घटेको छ ।IMG-20240326-WA0001 2

OM Sai Pathibhara Hospital

बैंकको खराब कर्जा अनुपात ३.०८ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्ष ०.८५ प्रतिशत थियो । जसले गर्दा चैत मसान्तसम्मको वितरण योग्य नाफा १ अर्ब ७२ करोडले ऋणात्मक भएको छ । चैत मसान्तमा बैंकमा ३ खर्ब २७ अर्ब निक्षेप छ भने २ खर्ब ७७ अर्ब कर्जा दिएको छ ।