काठमाडौ । बुटवलमा फलामे रड प्रहरी गरी एक बुवाले आफ्नै छोरीको हत्या गरेका छन् । रूपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवा घर भएका ४८ वर्षीय नारायणबहादुर जिसीले आफ्नै १७ वर्षीया छोरी अन्जलीको हत्या गरेका हुन् । उनले बुटवल उपमहानगरपालिका–९ इटाभट्टीस्थित  एक होटेलमा बुधबार साँझ छोरीको हत्या गरेको प्रहरीले जनाएको छ । IMG-20240326-WA0001 3

साथीलाई भेटन हिँडेकी छोरी साँझसम्म घर ​नफर्केपछि नारायण छोरी खोज्न बुटवल आएका थिए । बुटवलमा छोरी भेटेपछि उनीहरू होटेलमा बसेको प्रहरीले जनाएको छ । बाबु नारायणको प्रारम्भिक बयानअनुसार अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनेर घरबाट हिँडेकी थिइन् । बुवा नारायणले घर जाऊ भन्दा छोरीले नमानेपछि रिसको झोंकमा रड प्रहार गरी हत्या गरेको बुवाले स्वीकारको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

होटलमा छोरीको हत्यागरी भागेका उनलाई प्रहरीले बिहीबार दिउँसो कञ्चन गाउपालिका–४ थकाली चोकबाट नियन्त्रणमा लिएको रूपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भटटले जानकारी दिए । उनका अनुसार अञ्जली हरैया माध्यमिक विद्यालयको कक्षा ११ मा अध्यनरत थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।