समाचार

    Showing 17,301-17,310 of 25,912 items.
  • लागुऔषध ब्राउनसगुर सहित ८ जना पक्राउ

    झापा  ।   झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागूऔषध ब्राउनसगुर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रदेशिक अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका ईटहरी-९ का २४ बर्षीय आकाश थापा, धनकुटा महालक्ष्मी नगरपालिका-९ का २४ बर्षीय बिकाश तामाङ, धरान-१४ का ३२ बर्षीय अविजल थापा, धरान-१५ का २१ बर्षीय मोहन राई, धरान-५ का २२ बर्षीय अनक राई र भोजपुरका २२

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 260 पटक पढिएको
  • गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका रमेश पहरीको मृत्यु, आगो अझै नियन्त्रणबाहिर

    काठमाण्डौ । ललितपुरको गोदावरी नगरपालिकास्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका अर्का एक व्यक्तिको आज बिहान मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका ४७ वर्षीय रमेश पहरीको पनि उपचारका क्रममा आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको गोदावरी–४ का वडाअध्यक्ष सानुभाई नगरकोटिले जानकारी दिए । उनका अनुसार पहरीको शव बर्न अस्वतालबाट पोस्मार्टमका लागि किस्ट अस्पताल लैजाने तयारी गरिएको छ ।गोदावरी नगरपालिका भित्रका तपेश्वर, लेले, ठैडोललगायतका बनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 270 पटक पढिएको
  • भ्यान दुर्घटना, एक जनाको मृत्यु

    फिक्कल । मेची राजमार्गअन्तर्गत रोङ–४ को बाघखोरमा बुधबार बिहान करिब ५ बजे मारुती भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन । घाइतेलाई उपाचारका लागि झापा पठाइएको छ।बुधबार बिहान झापाबाट इलामतर्फ जादै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान अनियन्त्रित भइ राजमार्गबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 214 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, सार्वजनिक बिदा

    काठमाण्डौ  ।  आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा हरेक वर्ष मे १ का दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ।  श्रमिकहरुको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा यो दिवस मनाइन्छ। यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ यो दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिष्य श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 483 पटक पढिएको
  • पशुपतिको जलहरी प्रकरणमा मुछिएका सबैलाई सफाइ

    काठमाण्डौ  ।   विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा सहित ३ जनालाई सफाइ दिएको छ ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले थापा सहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो । विशेष अदालतका शाखा अधिकृत सागर ढकालका अनुसार, आरोपित सबैजनाले सफाइ पाएका हुन् । पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ असोजमा तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले कोषका तत्कालिन कोषाध्यक्ष डा. मिलन थापा,

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 522 पटक पढिएको
  • नबिल बैंकबाट १ करोड बढी चोरी गर्ने चार पक्राउ

    काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ । सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो । चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले बताए ।चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ । सुरक्षा गार्ड नभएका कारण घटना थप शंकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ ।५/६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 253 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ ।    दिउँसो देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 256 पटक पढिएको
  • नेपाल आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य

    काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।इण्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्यमा गिरावट भएर आएपछि नेपालमा पनि आजै राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।हवाई इन्धनमा भने मूल्य वृद्धि भएको छ । पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 422 पटक पढिएको
  • सशस्त्र प्रहरी बल नेपाल काकरभिट्टा गुल्मद्वारा झापामा ठुलो परिमाणमा तस्करिको कपडा बरामद

    झापा ।  सशस्त्र प्रहरी बल नेपाल काकरभिट्टा गुल्मद्वारा झापामा  ठुलो परिमाणमा लत्ताकपडा बरामद गरेको  छ।सशस्त्र प्रहरी नायब उपरीक्षक राजन श्रेष्‍ठको कमाण्डमा खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याएको सामानहरु नियन्त्रण लिएको हो। झापाको पूर्वी नाका मेचीनगरबाट भन्सार छलेर भित्राइएको ५१ पोका लत्ताकपडा बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल गुल्म काकरभिट्टाले विशेष सुुुचनाको आधारमा, इलाका प्रहरि कार्यालय काकरभिट्टा र मेची भन्सार कार्यालयसग समन्नय गरि ५१ पोका कपडा बरामद गरेको हो । मेचीनगर–७ गैरीगाउँ र मेचीनगर–६ सालघारीको तीन ठाउँबाट मंगलबार बिहानीपखको स

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 4,182 पटक पढिएको
  • भीषण आगलागी, २ सय बढी घर जले

    सुनसरी  । सप्तरीको महादेवा गाउँपालिका–१ मा भएको आगलागीबाट गाउँ नै सखाप भएको छ । दिउँसो करिब २ बजेबाट लागेको आगोले चिम्टी टोलका २ सय बढी घर जलेका छन्।३ वटा बारुणयन्त्र, सुरक्षा नियका र स्थानीयले आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रणमा आउने नसकेको प्रहरीले जनाएको छ । वडाध्यक्ष जयकिशोर दासका अनुसार शत्रुधन यादवको घरबाट आगलागी शुरू भएको थियाे।दासका अनुसार यो टोलमा यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको छ । हाल आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको वारूणयन्त्रका साथै प्रहरी र स्थानीय आगो निभाउने काममा जुटेका छन् ।

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 410 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.