फिक्कल । मेची राजमार्गअन्तर्गत रोङ–४ को बाघखोरमा बुधबार बिहान करिब ५ बजे मारुती भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन । घाइतेलाई उपाचारका लागि झापा पठाइएको छ।

बुधबार बिहान झापाबाट इलामतर्फ जादै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान अनियन्त्रित भइ राजमार्गबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।






































