सुनसरी  । सप्तरीको महादेवा गाउँपालिका–१ मा भएको आगलागीबाट गाउँ नै सखाप भएको छ । दिउँसो करिब २ बजेबाट लागेको आगोले चिम्टी टोलका २ सय बढी घर जलेका छन्।IMG-20240417-WA0001 4

३ वटा बारुणयन्त्र, सुरक्षा नियका र स्थानीयले आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रणमा आउने नसकेको प्रहरीले जनाएको छ । वडाध्यक्ष जयकिशोर दासका अनुसार शत्रुधन यादवको घरबाट आगलागी शुरू भएको थियाे।

OM Sai Pathibhara Hospital

दासका अनुसार यो टोलमा यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको छ । हाल आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको वारूणयन्त्रका साथै प्रहरी र स्थानीय आगो निभाउने काममा जुटेका छन् ।