झापा  ।   झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागूऔषध ब्राउनसगुर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रदेशिक अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ ।IMG-20240326-WA0001

लागुऔषध सहित पक्राउ परेका ईटहरी-९ का २४ बर्षीय आकाश थापा, धनकुटा महालक्ष्मी नगरपालिका-९ का २४ बर्षीय बिकाश तामाङ, धरान-१४ का ३२ बर्षीय अविजल थापा, धरान-१५ का २१ बर्षीय मोहन राई, धरान-५ का २२ बर्षीय अनक राई र भोजपुरका २२ बर्षीय बिशन राई समेतलाई १८ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर र २ वटा मोटरसाईकल, १ वटा स्कुटर सहित नियन्त्रणमा लिएको हो । 

OM Sai Pathibhara Hospital

त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका-८ का ३९ बर्षीय सरोज गहदराजलाई १ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी शनिश्चरेले र मेचिनगर-१५ का २६ बर्षीय पर्वत राजबंशीलाई ३४० मिलिग्राम ब्राउनसुगर सहित प्रहरी चौकी ज्यामिरगढीले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।