समाचार

    Showing 17,281-17,290 of 25,912 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको छ।दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम  सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हि

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 257 पटक पढिएको
  • किशोरी गोली प्रकरण अपडेट : पूर्वशिक्षकले गोली हानेको एनिकाको बयान

    झापा । झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेरको शरीरमा लागेको गोली निकालिएको छ । परीक्षा दिएर फर्किँदै गरेकी एनिकाको आज दिउँसो सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए ।उनको नाभि छेउमा गोली लागेको थियो । दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन् । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत थिइन् ।एनिकाको अवस्था खतरामुक्त रहेको विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले बताए । क्ष्रेष्ठले अनुसार डाक्टरका अनुसार नानीको अवस्था खतरा मुक्त रहेको छ । गोलीले आन्द्रामा नछोएकाले उपचारमा सहज भएको छ।प्रअ श्

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 370 पटक पढिएको
  • झापाको दमकमा परीक्षा दिएर घर फर्कदै गरेकी एक छात्रामाथि गोली प्रहार

    काठमाण्डौ  । झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्।झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ ।उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ ।उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो।सिराहाका एक युवकले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एनिका घाइते भएकी हुन् । गोली हानेर ती युवक भागेको छन् ।  फरार युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। छात्राको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ।उनको हाल आइसियुमा उपचार भइरहेको छ । 

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 492 पटक पढिएको
  • नेपाल प्रहरीमा २११ जवानलाई प्रहरी सहायक हवल्दारमा बढुवा गर्न सिफारिस

    काठमाण्डौ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहका २११ जना प्रहरी जवान प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो ।प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 250 पटक पढिएको
  • आज विश्व प्रेस स्वतन्त्रता दिवस

    काठमाण्डौ । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेस वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ ।स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 228 पटक पढिएको
  • राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

    काठमाण्डौ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन्।राष्ट्रपति पौडेलले यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।नेपालको संविधानको धारा ९३ ९१० बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २० गते को सिफारिसमा वैशाख २८ गते शुक्रबारका दिन २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 266 पटक पढिएको
  • सहकारी समस्या समाधान गर्न सरकारले बनायो समिति

    काठमाण्डौ । सरकारले समस्याग्रस्त सहकारी समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गरेको छ ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश रमण कुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।त्यस्तै सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 287 पटक पढिएको
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४८ जना उपसचिवको सरुवा

    काठमाण्डौ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४८ जना उपसचिवलाई एकैपटक सरुवा गरेको छ ।    विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो । सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा भएका छन् ।

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 283 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको बताएको छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ।दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ।राति सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 235 पटक पढिएको
  • भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा अबरुद्ध

    काठमाण्डौ । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको छ । नेपालका नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेको छ ।इन्टरनेट सेवा प्रदायक (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीका अनुसार बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेट काटेको हो । जसका कारण देशभरका इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका सेवा अवरुद्ध भएको हो ।इन्टरनेट काटिनुको जिम्मा सरकारले लिनुपर्ने सेवा प्रदायकहरुको भनाइ छ । उनीहरुका अनुसार भुक्तानी दिन सरकारी प्रक्रिया अवरोधका रुपमा रहेको छ ।

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • 355 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.