काठमाण्डौ  । झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्।IMG-20240326-WA0001 1

झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ ।उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ ।उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो।FB_IMG_1714739150321

OM Sai Pathibhara Hospital

सिराहाका एक युवकले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एनिका घाइते भएकी हुन् । गोली हानेर ती युवक भागेको छन् ।  फरार युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

छात्राको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ।उनको हाल आइसियुमा उपचार भइरहेको छ ।