समाचार

    Showing 17,261-17,270 of 25,912 items.
  • नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

    काठमाण्डौ  ।   कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको हो।आइतबार दिउँसो करिब १ बजे नदीमा नुहाउने क्रममा ७ वर्षका अमिल खड्का र १३ वर्षकी दुर्गा साउदको डुबेका थिए। उनीहरूलाई उद्धार गरेर उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।साउदलाई त्यहाँबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो।साँउदलाई सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 247 पटक पढिएको
  • टीकापुरस्थित ३० बिगाहा सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान सुरु

    काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कैलालीको टीकापुरस्थित ३० बिगाहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु गरेको छ ।टीकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर विकास समिति र पहुँचवालाको मिलेमतोमा उक्त क्षेत्रमा ठूलो मात्रामा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अख्तियारको पत्राचारपछि ब्यूरोले कीर्तेतर्फ पनि अनुसन्धान थालेको हो ।‘अख्तियारको पत्राचारपछि कीर्तेतर्फ पनि अनुसन्धान थालेका हौं। सरकारी कागज कीर्ते गरेर जग्गा हिनामिना गरिएको भन्ने छ। ब्यूरो

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 361 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।  गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 631 पटक पढिएको
  • कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन

    काठमाण्डौ । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ ।लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । कलाकार संघका सदस्यसमेत रहेका केसीको बेल्जियममै निधन भएको हो ।  केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिने बताइएको छ।केसीले नेपालमा छँदा रेडियो, टेलिभिजनमा काम गर्नुका साथै टेलिचलिचत्र, फिल्म, म्युजिक भिडियोमा अभिनय गरेका छन् । केसीको निर्देशनमा थुप्रै म्युजिक भिडियो समेत बनेको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • 434 पटक पढिएको
  • गिरीबन्धु चिया बगानको जग्गा २१ वर्षअघि बिक्री भइसकेको पनि फिर्ता ल्याउन सर्वोच्चको आदेश

    काठमाण्डौ ।  झापाको गिरीबन्धु चिया बगानको जग्गा प्रकरणबारे सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला सुनाएको छ।झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टि इस्टेटको जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६० सालमा बिक्री भएको ५१ बिघा जग्गा पनि फिर्ता गराउन आदेश जारी गरेको छ ।उक्त जग्गासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा २१ वर्षअघि बिक्री भएर लेनदेन भइसकेको जग्गा पनि फिर्ता ल्याउन सर्वोच्च अदालतले आदेश दिएको हो ।तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले २०

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • 1,971 पटक पढिएको
  • काठमाण्डौमा छुरा प्रहार गरी एक युवकको हत्या, चारजना पक्राउ

    काठमाण्डौ । काठमाण्डौको बत्तीसपुतलीमा शनिवार समसाँझै बीच सडकमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको छ । शनिवार साँझ करिब ७ :५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीनरचार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो । घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याएको थियो । छाती र ढाडमा गहिरो चोट लागेका धिमालको उपचारको क्रममा बेलुकी ८:४० बजे अस्पतालमै निधन भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।&n

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • 266 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको स

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • 179 पटक पढिएको
  • नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा

    काठमाण्डौ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ ।प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । 

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 247 पटक पढिएको
  • स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

    काठमाडौँ । स्रोत नखुलेको स्वदेशी तथा विदेशी मुद्रासहित दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चिनियाँ नागरिक याओ लिआङग्लिन र भक्तपुरको चाँगुनारायण नगरपालिका-१ का दीपेन्द्र श्रेष्ठ छन् ।क्षेत्रपाटीस्थित जिसाङ सु होटेल एण्ड रेस्टुरेन्ट प्रालिका सञ्चालक समेत हुन् । उनीबाट ३७ लाख ८१ हजार ३५० हजार नेपाली रुपैयाँ, १२ हजार भारु, २ हजार थाई भाट, ३५० अमेरिकी डलर र ३ हजार २७० चाइनिज युआन बरामद भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 283 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको बताएको छ ।दिउँसो देशभर आंशिक बदली हुनेछ । देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।राति देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस, बा

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 419 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.