काठमाण्डौ । काठमाण्डौको बत्तीसपुतलीमा शनिवार समसाँझै बीच सडकमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको छ । IMG-20240326-WA0001 3

शनिवार साँझ करिब ७ :५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीनरचार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो । घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याएको थियो । छाती र ढाडमा गहिरो चोट लागेका धिमालको उपचारको क्रममा बेलुकी ८:४० बजे अस्पतालमै निधन भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एसएसपी मैनालीका अनुसार अहिले हत्यामा उनीहरुको संलग्नताको विषय पुष्टि भइसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।